
Pbu
Lnp
Srbpu
Unsku
Rgp1
Ggp
pku
Sgr
Rgp

nsb
Rgu
Wsp
Rgs
Hal
Ksm
Sbs
Ggd
Rsb
Bbbpu
Gst
Bbu
Rgu
Tsm
Pvg
Vor
Asm
Sls
Ssm

bbt
Jmb
Ptm
Syp
Rmb
Mks
Gsb
Jmb
Pls
sab
Rpp
Abd
Bml
दाङ । स्थानीय वन महासंघ राजपुरको परिषद भेला शनिबार राजपुर गाउँपालिका वडा नम्बर -२ बेलामा रहेको सभाहलमा सम्पन्न भएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल,स्थानीय वन महासंघ राजपुरका अध्यक्ष रामबरण यादवको अध्यक्षता तथा सामुदायिक वन उपभोक्ता महासंघ दाङ जिल्ला अध्यक्ष हरि प्रसाद भुसालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
रिता बिकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथी भुसालले सामुदायिक वनका पदाधिकारीले राजनीतिक आडमा कानुन बिपरितका कार्यहरु नगरी सामुदायिक वनको नीति नियम परिधिभित्र रहेर कार्य गर्न सबैलाई आग्रह गर्दै नविकरण शुल्कको सम्बन्धमा व्यवहारिक स्प्ष्टता नहुनु दुखको पक्ष भएको बताए । त्यस्तै सम्पूर्ण सावका पदाधिकारीले महासंघको महत्व सहज असहज दुवै परिस्थितिमा बुझि अघि बढ्नु पर्ने बताए ।
कार्यक्रमको सुरुवाती अघि दुर्गा सामुदायिक वन उपभोक्ता समूहको सम्भावित पर्यावरणिय पर्यटकिय स्थलको अवलोकन गर्ने कार्य समेत भएको र महासंघको तर्फबाट आवश्यक सहयोग गर्ने समेत प्रमुख अतिथी भुसालले बताएका थिए । राज्यका निकायहरुलाई महत्वपूर्ण कार्यक्रममा आँफुहरुले आमन्त्रण गरेपनि उपस्थित नभइदिएकोमा दु:ख समेत प्रकट गरे ।
कार्यक्रममा दाङ जिल्लाका सबै स्थानीय तहका स्थानीय महासंघ अध्यक्ष ,राजपुर गाउँपालिकाका सबै सावका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो । स्थानीय महासंघ अध्यक्षहरु सबैले आ-आफ्ना समस्याहरु एक आपसबिच राख्दै शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन दुर्गा सावउसकि उपभोक्ता उमा गिरिले गरेकी थिईन ।
