देशभरका शिक्षकहरु आजदेखि काठमाडौँका सडकमा उत्रिँदै

काठमाडौँ । आजदेखि देशभरका शिक्षकहरुले काठमाडौँमा शैक्षिक सडक आन्दोलन गर्ने भएका छन् । माघ २० गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौँ जाऔँ अभियान अन्तर्गत अनिश्चितकालीन सडक आन्दोलन गर्न लागेका हुन् । आन्दोलनबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथाशीघ्र जारी गर्न मागसहित आन्दोलन थालिएको […]

एक्सरे रिपोर्टमा पत्रकार रजकको शरीरमा गोली नलागेको पुष्टि

काठमाडौँ । काठमाडौँको तीनकुनेमा राजावादीले चैत १५ गते गरेको हिंसात्मक प्रदर्शनका क्रममा मारिएका पत्रकार सुरेश रजकको शरीरमा गोली नलागेको पुष्टि भएको छ । चिकित्सकले एक्सरे गरेर हेर्दा पत्रकार रजकलाई गाेली लागेकाे नपाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी दिए । आगलागीमा परेर मृत्यु भएका पत्रकार रजकलाई गोली पनि लागेको हल्लापछि चिकित्सकले पोस्टमार्टम गर्नुअघि एक्सरे […]

अब छैन वर्षाको सम्भावना,तापक्रम विस्तारै बढ्दै जाने

काठमाडौँ । देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । त्यस्तै आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । […]

प्रधानमन्त्री केपी ओली थाइल्यान्डको बैंककतर्फ प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार थाइल्यान्डको बैंककतर्फ प्रस्थान गरेका छन् । थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा भाग लिन उनि त्यस तर्फ प्रस्थान गरेका हुन् । यसका लागि थाइल्यान्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा) मैत्रीपूर्ण निमन्त्रणा गरेका थिए । त्यस्तै भ्रमणका […]

वन डढेलो नियन्त्रण सचेतना कार्यक्रममा सरकारको लाखौं खर्च–बालुवामा पानी

दाङ । वन डढेलो नियन्त्रणका नाममा सरकारले डढेलो नियन्त्रण सचेतना सप्ताह कार्यक्रममा लाखौं रकम खर्च गरेको छ तर उपलब्धि शुन्य हुँदा सरकारी रकम बालुवामा पानी खन्याए जस्तै भएको नागरिकहरुले सर्बत्र गुनासो गर्न थालेका छन् । लामो समयको खडेरी र गर्मियाम तथा हावाहुरी सुरु भएपछि दाङका केहि राष्ट्रिय र सामुदायिक वन क्षेत्रहरुमा आगलागी सुरु भएको छ […]

प्रादेशिक अस्पताल भालुबाङमा एपेन्डिसाइटिसको शल्यक्रिया सफलतापूर्वक सम्पन्न

दाङ । प्रादेशिक अस्पताल भालुबाङमा हालै सम्पन्न एपेन्डिसाइटिसको शल्यक्रिया स्थानीय समुदायमा स्वास्थ्य सेवाको स्तरमा सुधार आएको संकेत पाइएको छ । ५० शैयाको अस्पतालले पहिलो पटक एपेन्डिसाइटिसको शल्यक्रिया सफलतापूर्वक गरेको छ,जुन अस्पतालको लागि एक महत्वपूर्ण उपलब्धि हो । यसले स्थानीय बासिन्दाहरूलाई थप स्वास्थ्य सेवा सुविधाहरू उपलब्ध गराउने र जिल्लामा उपचारका लागि बाहिर जानुपर्ने आवश्यकता घटाउने अपेक्षा […]

डिजेल,मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो

काठमाडाैँ । आजदेखि नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । घटेको मूल्य लागू भएको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार डिजेल,मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ र हवाई इन्धन (आन्तरिक)तर्फ सात रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर ५१ ले घटाएको हो । त्यस्तै मूल्य घटेसँगै पहिलो,दोस्रो र तेस्रो वर्गमा […]

रास्वपा सभापति रवि लामिछानेले पुनःसम्हाले आफ्नो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा पुनः रवि लामिछाने आफ्नो जिम्मेवारी सम्हालेका छन् । रास्वपाको पार्टी कार्यालयमा कार्यवाहक सभापति डोलप्रसाद(डिपी) अर्यालले लामिछानेलाई जिम्मेवारी हस्तान्तरण गरेका हुन् । कार्तिक २ गते सहकारी प्रकरणमा लामिछाने पक्राउ परेका थिए । त्यस्तै कास्की जिल्ला अदालतमा मुद्दा दायर भएसँगै पुसमा उपसभापति डिपी अर्याललाई कार्यवाहक सभापति दिएका थिए । २ […]

त्रिचन्द्र क्याम्पसका स्ववियु निर्वाचन अधिकृत गौतमलाई कालोमोसो दलियो

काठमाडौँ । त्रिचन्द्र क्याम्पसका स्ववियु निर्वाचन अधिकृतलाई कालोमोसो दलिएको छ । निर्वाचनको विषयमा सर्वदलीय बैठक बसिरहेका बेला नेविसंघका विद्यार्थीहरूले निर्वाचन अधिकृत अंगतमणि गौतममाथि कालोमोसो दलेको हो। त्यस्तै निर्वाचन गराउने विषयमा निर्वाचन अधिकृतले सर्वदलीय बैठक राखेका थिए । त्यहिबेला उनीमाथि कालोमोसो दलिएको हो । त्रिचन्द्रमा नेविसंघको तालाबन्दीका निर्वाचन हुन सकेको छैन । रातोपाटी

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]