
Pes
Rgp1
Srbpu
cjs
Pbu
Ggp
Djs
sbs
pku
Lnp
Rgp
Gfs
Unsku
Sgr

Tsm
Vor
Wsp
Pvg
Rgu
Sbs
Bbu
Ssm
Asm
Hal
Rgu
Rsb
Gst
nsb
Ggd
Rgs
Sls
Bbbpu
Ksm

Ptm
sab
Abd
Syp
Pls
Jmb
Mks
Jmb
Bml
Rmb
Rpp
Gsb
bbt
दाङ । प्रादेशिक अस्पताल भालुबाङमा हालै सम्पन्न एपेन्डिसाइटिसको शल्यक्रिया स्थानीय समुदायमा स्वास्थ्य सेवाको स्तरमा सुधार आएको संकेत पाइएको छ ।
५० शैयाको अस्पतालले पहिलो पटक एपेन्डिसाइटिसको शल्यक्रिया सफलतापूर्वक गरेको छ,जुन अस्पतालको लागि एक महत्वपूर्ण उपलब्धि हो । यसले स्थानीय बासिन्दाहरूलाई थप स्वास्थ्य सेवा सुविधाहरू उपलब्ध गराउने र जिल्लामा उपचारका लागि बाहिर जानुपर्ने आवश्यकता घटाउने अपेक्षा गरिएको छ ।
डाक्टर रण बहादुर बोगटीको नेतृत्वमा गरिएको शल्यक्रिया,जसमा अन्य स्वास्थ्यकर्मीहरूको टोली सहभागी रहेको थियो । सीमित स्रोतसाधनको बाबजुत पनि उच्चस्तरीय उपचारको उदाहरण प्रस्तुत गरेको छ । अस्पतालका कर्मचारीहरूले पेशेवर व्यवहार र समर्पणको साथ बिरामीलाई उपचार गरे, जसले स्थानिय समुदायका सदस्यहरूको मनोबल पनि बढाएको छ ।
त्यस्तै यस घटनाले प्रादेशिक अस्पताल भालुबाङको स्वास्थ्य सेवाको स्तरमा भएको सुधार र आगामी दिनमा थप सेवा विस्तारको संकेत गरेको हो । अब हाइड्रोसिल र हर्निया जस्ता रोगका बिरामीहरूको शल्यक्रिया पनि अस्पतालमा सम्भव हुनेछ, जसले स्वास्थ्य सेवामा थप आत्मनिर्भरता र पहुँच प्रदान गर्नेछ ।
