
Rksr-7
Pbu
Csbg-7
ksbl-7
Gsbg-3
Jsbg-7
Usbl-7
Jsbr-3
Gsbr-6
Msbg-2
दाङ । अखिल नेपाल महिला संघ क्रान्तिकारी गढवा गाउँपालिकाको तेस्रो पालिका सम्मेलन शनिबार गढवा-४ गंगाप्रसपुरमा सम्पन्न भएको छ । अखिल नेपाल महिला संघ क्रान्तिकारी गढवाकी अध्यक्ष ओभा रावतको अध्यक्षता तथा नेपाल महिला संघ क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य तथा दाङ जिल्ला इन्चार्ज पुनम शेर्पालीको प्रमुख अतिथ्य तथा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी जिल्ला समन्वय समितिका दाङकी […]
काठमाडौँ । संयुक्त राज्य अमेरिकाबाट डिपोर्ट गरिएका ३ जना भुटानी नागरिकहरुलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ । शनिवार भारततर्फको पानी ट्याङ्कीबाट काँकडभिट्टा आएका उनीहरूलाई पक्राउ गरिएको झापाका एसपी मिलन केसीले बताए । त्यस्तै पक्राउ पर्नेमा ३६ वर्षीय आशिष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी र ३६ वर्षीय रोशन तामाङ रहेका छन् । ट्रम्प प्रशासनले चार्टर्ड विमान […]
काठमाडौँ । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । त्यस्तै आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई […]
काठमाडौं । सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशमशेर राणालाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम दिएको छ । शनिबार आज बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई २४ घण्टे अल्टिमेटम माग गरेका हुन् । मिश्र र राणालाई रिहा नगरे राप्रपाले देशभर विरोधका […]
काठमाडाैं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवानाको पत्र काटेको छ । शुक्रबार उनको समर्थनमा काठमाडौं महानगरपालिका क्षेत्रभित्रका तीनकुने-कोटेश्वर क्षेत्रमा विध्वंस मच्चाएपछि महानगरले ज्ञानेन्द्रलाई सात लाख ९३ हजार रूपैयाँ जरिवानाको पत्र काटेको हो । त्यस्तै उनको समर्थनमा उनकै निर्देशनमा भएको प्रदर्शनले महानगरको क्षेत्राधिकारभित्रका सार्वजनिक सम्पत्तिमा तोडफोड र फोहोरमैला गरेको भन्दै महानगरले जरिवाना तिराउन लागेको हो […]
काठमाडौँ । शुक्रबार राजावादीको प्रदर्शनका क्रममा भएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने गृहमन्त्री रमेश लेखकले स्पष्ट पारेका छन् । शनिबार आज राजावादीले आगजनी, तोडफोड र लुटपाट गरेको काठमाडौँको तीनकुने, कोटेश्वर लगायतका क्षेत्रमा अनुगमन गर्दै गृहमन्त्री लेखकले राजावादीहरुले अपराधिक चरित्र देखाएको भन्दै घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने स्पष्ट पारेका हुन् । गृहमन्त्री लेखकले सुरक्षा […]
काठमाडौं । शुक्रबारको राजावादी आन्दोलनलाई उत्तेजित बनाउने धर्मगुरु खतिवडालाई प्रहरीले पक्राउ गरेको छ । तीनकुनेको हिंसात्मक आन्दोलनमा ढुंगामुढा गर्ने धर्मगुरु पुष्कर खतिवडालाई शनिबार आज बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई प्रहरीको विशेष टोलीले इमाडोलस्थित एक घरमा लुकेको अवस्थामा नियन्त्रणमा लिएको हो । त्यस्तै उनले आन्दोलनका क्रममा ढुंगा हानेका भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भएका छन् […]
काठमाडौँ । शुक्रबार राजसंस्थाको पुनःस्थापनाको माग राख्दै भएको भनिएको आन्दोलनमा सहभागी समूहले सञ्चार गृहमाथि भएको तोडफोडप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका महासचिव रामप्रसाद दाहालले शुक्रबार साँझ एक विज्ञप्तिमार्फत समाचार सङ्कलनका क्रममा एक सञ्चारकर्मीको मृत्यु भएको, विभिन्न सञ्चार गृहको भवनमा आगो लगाइएको, हुलहुज्जत गरेर भवनभित्र प्रवेश गर्न नपाएपछि ढुङ्गा हानिएको तथा […]
काठमाडौं । एभिन्युज टेलिभिजनका पत्रकारको तीनकुनेको आगजनीमा परी मृत्यु भएको छ । तीनकुनेको भवनमा लागेको आगोमा जलेर सुरेश रजकको मृत्यु भएको हो। सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका रजकको मृत्यु भएको बताइएको छ । राजावादीहरूले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि एक भवनमा आगजनी भएको थियो । सो घटनालगत्तै रजक सम्पर्कविहीन भएका थिए […]