
Dus
Rgp
Rgp
lnp
Usb
Lks
Ggp
ksb
Rgp
Rgp
Ggp
Lnp
Sgp
Asb
Jns
दाङ । देउखुरीको गढवा गाउँपालिकामा सोमबार देखि १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता -२०८२ को शुभारम्भ भएको छ । प्रतियोगिताको शुभारम्भ गर्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री ईन्द्रजित थारुले देशमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुभारम्भ भएकाे बताउदै यो प्रतियोगिता राष्ट्रियता प्रतिको […]
काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिएका छन् । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सन्जाल मार्फत मन्त्री पुनले राजीनामा दिएको जानकारी दिए । त्यस्तै उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘महाविर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो ।’
दाङ । देउखुरीको राजपुर गाउँपालिका क्षेत्रमा संचालित निजि संस्थागत विद्यालयहरुको बैठक चंगवामा सोमबार सम्पन्न भएको छ । बैठकको व्यापक छलफल पश्चात् टोपेन्द्र खनालको अध्यक्षतामा संस्थागत विद्यालय समन्वय समिति राजपुर गठन गरिएको छ । गठित समितिको सचिवमा युवराज के.सी, कोषाध्यक्षमा उमा भण्डारी र सदस्यमा उमाकान्त यादवलाई चयन गरिएको छ । यसैबीच बैठकमा अन्य चार महत्वपूर्ण निर्णयहरु […]
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर–२,कोठहरी स्थित शान्ति सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता आइतबार सम्पन्न भएको छ ।समूहका अध्यक्ष देवेन्द्र कुमार यादवको अध्यक्षता तथा डिभिजन वन कार्यालय लमहीका सहायक वन अधिकृत हरिप्रसाद पौडेलको प्रमुख आतिथ्यता एवम् मावि पचहियाका प्रधानाध्यापक योगनारायण चौधरी विशिष्ट अतिथिमा कार्यक्रम […]
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ को आयोजनामा सरस्वती माध्यमिक विद्यालय काठेकोलका विद्यार्थीहरुलाई बिपत ब्यवस्थापन तथा बिबिध तालिम दिइएको छ । भूतपूर्व नेपाली सैनिक मिलन केन्द्र दाङको संयोजमा भएको कार्यक्रममा सरस्वती माध्यमिक विद्यालय काठेकोलमा कक्षा ८ देखि १० सम्मका विद्यार्थीलाई समसामयिक ब्यवहारिक बिषयमा जानकारी गराइएको थियो । वडा अध्यक्ष रमेशकुमार पाण्डेको सभापतित्व एवं विद्यालयका […]
दाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) दाङले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न शैक्षिक तथा सामाजिक कार्यक्रम गर्ने भएको छ । दाङ शाखाले आइतबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गर्दै स्थापना दिवसका अवसरमा सञ्चालन गरिने कार्यक्रमबारे जानकारी गराएको हो । प्याब्सन दाङले शिक्षा क्षेत्रमा निजी तथा आवासीय विद्यालयहरुको साझा प्रतिनिधि संस्थाका रुपमा गुणस्तरीय शिक्षा,पहुँच […]
दाङ । देउखुरीको लमहीमा रहेकोे गुरुकुल एकेडेमी लमहीको कार्यकारी अध्यक्षमा कमलजंग सिंह ठकुरी नियुक्त भएका छन् । गुरुकुल एकेडेमीका अध्यक्ष इन्जिनियर अनन्तराज घिमिरेले शुक्रबार आज एक औपचारिक कार्यक्रमका बीच ठकुरीलाई कार्यकारी अध्यक्षको जिम्मेवारी प्रदान गरेका हुन् । शिक्षाको गुणस्तर अभिवृद्धि, संस्थागत व्यवस्थापन सुदृढीकरण तथा गुरुकुल एकेडेमीलाई शैक्षिक उत्कृष्टताको केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले ठकुरीलाई कार्यकारी […]
दाङ । गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुल घोराहीको २८ औँ वार्षिक उत्सव कार्यक्रम भव्य रुपमा बिहीबार सम्पन्न भएको छ । गोरखा ग्रुप दाङका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद घर्तीमगरको अध्यक्षता तथा घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रममा प्रमुख अतिथि चौधरीले शिक्षाले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख […]
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित गोरखा माध्यमिक विद्यालयको १५ औं खेलकुद सप्ताहको बुधबार समापन गरिएको छ ।गोरखा ग्रुपका अध्यक्ष बिष्णुप्रसाद घर्ती मगरको अध्यक्षता तथा लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मन्त्री पाण्डेयले खेल क्षेत्र स्वास्थ्यकालागि मात्रै नभई पहिचान बनाउनकालागि समेत महत्वपूर्ण भूमिका रहेको बताए ।त्यस्तै […]