
ksbus
Bbbpu
bbbpu
Pbu
rmb


दाङ । घोरा हीस्थित मेचिकाली सेकेन्डरी बोर्डिङ स्कुलले मानवीय सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै कक्षा १२ मा अध्ययनरत विद्यार्थी किरण घर्ती र हुकुम घर्तीका बुबा प्रकाश घर्ती मगर, जो हाल क्यान्सर रोगसँग संघर्षरत रहेका छन् ।
स्कुलले उनको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले ५१ हजार ३०० आर्थिक सहयोग हस्तान्तरण गरेको छ । विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको स्वेच्छिक सहयोगबाट संकलित उक्त रकम एक कार्यक्रमका बीच पीडित प्रकाश घर्ती मगरकी धर्मपत्नी हिमकुमारी घर्तीलाई हस्तान्तरण गरिएको हो । विद्यालय परिवारले दुःखको यस घडीमा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै सहयोग रकम प्रदान गरेको जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक चक्र बहादुर रावतका अनुसार कुल संकलित र५१ हजार ३०० मध्ये विद्यार्थीहरूबाट १३ हजार र शिक्षकहरूबाट ३८ हजार ३०० संकलन गरिएको हो । शिक्षक र विद्यार्थीहरूले स्वस्फूर्त रूपमा सहयोग जुटाएको भन्दै उनले यस अभियानले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा मानवीय भावना, सामाजिक उत्तरदायित्व तथा सहयोगको संस्कार विकास गर्न महत्वपूर्ण भूमिका खेलेको बताए ।
रकम हस्तान्तरण कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले आर्थिक सहयोगले उपचारमा केही राहत पुग्ने विश्वास व्यक्त गर्दै प्रकाश घर्ती मगरको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए।
सहयोग ग्रहण गर्दै हिमकुमारी घर्तीले कठिन परिस्थितिमा विद्यालय परिवारले देखाएको आत्मीयता र सहयोगप्रति भावुक हुँदै हार्दिक आभार व्यक्त गरिन् ।
त्यस्तै,उनले उपचारका क्रममा आर्थिक अभाव झेलिरहेको अवस्थामा विद्यालय परिवारबाट प्राप्त सहयोगले ठूलो हौसला र राहत मिलेको बताइन् ।मेचिकाली सेकेन्डरी बोर्डिङ स्कुलले शिक्षा प्रदान गर्ने मात्र नभई सामाजिक उत्तरदायित्व निर्वाह गर्दै दुःखमा परेका विद्यार्थी तथा अभिभावकहरूको साथमा उभिने परम्परालाई निरन्तरता दिँदै आएको जनाएको छ । विद्यालय परिवारको यस मानवीय कार्यको स्थानीय समुदायले समेत प्रशंसा गरेको छ ।
