दिपक वली बिहिबार, आषाढ ३२, २०८३

दाङ । गुरुकुल एकेडेमी लमहीले आफ्ना विद्यार्थी तथा अभिभावकहरूको स्वास्थ्यप्रति विशेष चासो राख्दै निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम बुधबार सम्पन्न गरेको छ ।

विद्यालय र संजीवनी शिक्षण अस्पताल, घोराहीको संयुक्त सहकार्यमा आयोजित उक्त शिविरमा ३०० भन्दा बढी विद्यार्थी तथा अभिभावकहरूले विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्राप्त गरेका छन् । विद्यालयमा आयोजित शिविरमा बालरोग विशेषज्ञ डा. सन्दीप पोख्रेल तथा नाक, कान तथा घाँटी (ईएनटी) रोग विशेषज्ञ डा. विप्लव रिमालले सहभागीहरूको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक स्वास्थ्य परामर्श प्रदान गरेका थिए । बालबालिकामा देखिने विभिन्न स्वास्थ्य समस्या, पोषण अवस्था,कान,नाक तथा घाँटीसम्बन्धी समस्याको परीक्षण गरी आवश्यक सुझाव दिइएको थियो ।

विद्यालयका प्रधानाध्यापक विवेक देवकोटाले विद्यालयले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यलाई पनि उत्तिकै प्राथमिकतामा राख्दै यस्ता कार्यक्रम आयोजना गर्दै आएको बताए । उनले विद्यार्थी स्वस्थ भए मात्र उनीहरूको सिकाइ प्रभावकारी हुने भएकाले अभिभावकलाई समेत सहभागी गराएर स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । आगामी दिनमा पनि यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाइ थियो।

शिविरमा संजीवनी शिक्षण अस्पतालका प्रशासन प्रमुख सुशील रिजालको नेतृत्वमा स्वास्थ्यकर्मीहरूको टोली सहभागी भएको थियो । टोलीले स्वास्थ्य परीक्षण व्यवस्थापन,परामर्श तथा आवश्यक समन्वयको जिम्मेवारी प्रभावकारी रूपमा सम्पन्न गरेको थियो । स्वास्थ्य परीक्षणका क्रममा विद्यार्थी तथा अभिभावकलाई स्वास्थ्य सचेतना, व्यक्तिगत सरसफाइ,सन्तुलित आहार,नियमित स्वास्थ्य परीक्षणको आवश्यकता तथा रोग लाग्नुअघि नै अपनाउनुपर्ने सावधानीबारे समेत जानकारी दिइएको थियो ।

विशेषज्ञ चिकित्सकसँग प्रत्यक्ष परामर्श पाउने अवसर मिलेकाले सहभागीहरू निकै उत्साहित देखिएका थिए । साथै नि:शुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराएका विरामिहरु संजीवनि शिक्षण अस्पतालमा उपचार गर्न जादा २० प्रतिशत सम्म छुट दिइने अस्पतालका प्रशासन प्रमुख शुसिल रीजालले जानकारी दिए ।

कार्यक्रमले विद्यालय,अभिभावक र स्वास्थ्य संस्थाबीचको सहकार्यलाई थप सुदृढ बनाएको विद्यालय प्रशासनले जनाएको छ । स्थानीय स्तरमै विशेषज्ञ चिकित्सकबाट निःशुल्क स्वास्थ्य सेवा उपलब्ध भएपछि अभिभावकहरूले विद्यालयको यस पहलको प्रशंसा गरेका छन् । गुरुकुल एकेडेमी लमहीले शिक्षा मात्र नभई विद्यार्थीको समग्र विकासलाई केन्द्रमा राख्दै समय(समयमा स्वास्थ्य, खेलकुद,व्यक्तित्व विकास तथा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

त्यस्तै,यस निःशुल्क स्वास्थ्य शिविरले विद्यार्थी तथा अभिभावकमा स्वास्थ्यप्रतिको सचेतना अभिवृद्धि गर्नुका साथै नियमित स्वास्थ्य परीक्षणको संस्कृतिलाई समेत प्रोत्साहन गरेको विद्यालयले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]