
ksbus
Amb
Sdc


काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका,२०७३ खारेज गरेको छ ।
मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाद्वारा मंगलबार जारी सूचना अनुसार हिजो सोमबार मन्त्रीस्तरीय निर्णयबाट उक्त निर्देशिका खारेज गरिएको हो । सरकारबाट स्वीकृत शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ राजपत्रमा प्रकाशन भई कार्यान्वयनमा आइसकेको छ ।
त्यस्तै,नयाँ नियमावली लागू भइसकेको अवस्थामा पुरानो निर्देशिकाका कारण कार्यान्वयनमा कुनै द्विविधा उत्पन्न नहोस् भन्ने उद्देश्यले मन्त्रालयले यो निर्णय लिएको उपसचिव सेमन्तराज कोइरालाद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
