
Sdc
Amb
ksbus


दाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीले आयोजना गरेको चित्रकला र हिज्जे प्रतियोगितामा क्रमश:स्टार इङ्लिश बाेर्डिङ सेकेन्डरी स्कुल र दीपशिखा सेकेन्डरी स्कुल प्रथम भएका छन् ।
गुरुकुल एकेडेमीमा भएकाे कक्षा एकदेखि तीनसम्मकाे चित्रकलामा स्टार इङ्लिश बाेर्डिङ सेकेन्डरी स्कुलका अम्बिका बहकरी प्रथम भएकी हुन् । उक्त प्रतियोगितामा साेही विद्यालयका प्रज्वल राेका मगर द्वितीय भएका छन् । यसैगरी ज्ञानज्याेती प्राेगेसिभ स्कुल नारायणपुरकी एलिशा विश्वकर्मा तृतीय भएकी छिन् भने जनज्योति विद्यामन्दिरका आक्राेश श्रेष्ठ सान्त्वना भएका छन् । यस्तै,चित्रकला प्रतियोगितामा घाेराही उपमहानगरपालिका भित्र रहेका प्याब्सन घाेराहीमा आवद्ध ३३ विद्यालयका प्रतियाेगिहरुले प्रतिस्पर्धा गरेका थिए । उक्त प्रतियोगितामा राष्ट्रिय जनावर गाई र राष्ट्रिय फूल लाली गुराँसकाे चित्र बनाउन लगाएकाे थियाे ।
आइतबार सम्पन्न कक्षा चार र पाँचकाे अंग्रेजी हिज्जे प्रतियोगितामा दीपशिखा सेकेन्डरी स्कुलका यशस्वी अधिकारी,सम्पन्न रेग्मी र साइलेन जिएम् प्रथम भएका थिए । उक्त प्रतियोगितामा नारायणपुरस्थित एप्पल एकेडेमीका जियान्सी ओली,कृतम भुषाल र मित्रता बस्नेत द्वितीय भएका थिए । यसैगरी माउन्ट भ्यू इङलिस बाेर्डिङ स्कुलका आदर्श पाैडेल,जुलिएन बस्नेत र साया बिष्ट तृतीय भएका थिए भने जनज्योति विद्यामन्दिरका ग्रिष्मा लम्साल, मधुमिता धिताल र प्राइज ओली सान्त्वना भएका थिए । प्रतियोगिताका विजेताहरुलाई समापन समाराेहमा ट्रफी,मेडल,प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएकाे थियाे ।
त्यस्तै,उक्त प्रतियोगिताकाे छनाैट चरणमा ४३ विद्यालयले प्रतिस्पर्धा गरेका थिए । पाँच ओटा समुहबाट दस ओटा विद्यालयले फाइनल चरणमा प्रतिस्पर्धा गरेका थिए । फाइनल चरणका लागि दीपशिखा सेकेन्डरी स्कुल,एप्पल एकेडेमी,माउन्ट भ्यू इङलिस बाेर्डिङ स्कुल,जनज्योति विद्यामन्दिर, गुरुकुल एकेडेमी,बालकुञ्ज इङलिस मिडियम स्कुल,मेचीकाली सेकेन्डरी बाेर्डिङ् स्कुल,युनिक मिड वेस्टर्न बाेर्डिङ स्कुल,माेडेल इङलिस स्कुल र सभ्यता पाठशालाले प्रतिस्पर्धा गरेका थिए । फाइनल चरणकाे सहजीकरण नगर सदस्य डिल्लीराज शर्माले गरेका थिए ।
प्याब्सन घाेराही नगर कमिटीका अध्यक्ष बालकृष्ण ओलीकाे अध्यक्षता तथा केन्द्रीय सदस्य महेन्द्र अधिकारीकाे प्रमुख आतिथ्यतामा प्रतियोगिताहरु सञ्चालन गरिएकाे थियाे । प्रतियोगिताकाे उद्घाटन सत्रमा बाेल्दै केन्द्रीय सदस्य अधिकारीले प्रतियोगितामा विद्यालयकाे प्रतिनिधित्व गरि सहभागीता हुनु पनि जित भएकाे बताए । उनले प्राविधिकरुपमा उत्कृष्ट स्थान लिन नसकेता पनि यस्ता प्रतियोगिताबाट विद्यार्थीहरुले सिकाइ हासिल गर्ने बताए ।
याब्सन घाेराही नगर कमिटीका उपाध्यक्ष मानसिंह घर्ती मगरकाे स्वागत मन्तव्यबाट सुरु भएकाे उद्घाटन समाराेहमा जिल्ला सचिव आदिम केसी र गुरुकुल एकेडेमीका प्रिन्सिपल प्रदिप राजभण्डारीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमकाे सञ्चालन नगर सचिव विमल भण्डारीले गरेका थिए ।
कनिकाखबर
