Sidha Patra मंगलबार, साउन १९, २०८३

रुपन्देही । बुटवल उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालय परिसरमा मदिरा तथा सुर्तीजन्य पदार्थको बिक्री–वितरण नगर्न आग्रह गरेको छ ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक ज्ञवालीले मंगलबार सूचना जारी गर्दै विद्यालयको शैक्षिक वातावरण र विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै विद्यालय परिसरमा यस्ता पदार्थको बिक्री–वितरण रोक्न सबै विद्यालयलाई अनुरोध गरेका हुन् ।

सूचनामा विद्यालय परिसरमा मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री–वितरण भइरहेको पाइए प्रचलित कानुनबमोजिम कारबाही हुने समेत उल्लेख गरिएको छ । यसका लागि प्रभावकारी अनुगमन गरिने उपमहानगरपालिकाले जनाएको छ । विद्यालयलाई सुरक्षित,स्वस्थ र धूम्रपान तथा मदिरामुक्त क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले उक्त कदम चालिएको उपमहानगरपालिकाको भनाइ छ।

नेपालमा सुर्तीजन्य पदार्थको बिक्री–वितरण सम्बन्धी कानुनी नियमनसमेत रहेको छ । उपमहानगरपालिकाले सबै वडा कार्यालयलाई समेत सूचनाको कार्यान्वयन र अनुगमनमा सहयोग गर्न आग्रह समेत गरेको छ । रातोपाटी

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]