गोरखा मोडेल सेकेन्डरी स्कुल लमहीको ७ औं खेलकुद सप्ताह कार्यक्रम सम्पन्न

दाङ । देउखुरीको लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कुलको सातौं खेलकुद सप्ताह कार्यक्रम आइतबार सम्पन्न भएको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर बुढा मगरको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख अतिथि र उप-प्रमुख लक्ष्मी योगीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि चौधरीले शिक्षा क्षेत्रमा मात्र नभएर स्वास्थ्य र खेल विधामा पनि […]

गुरुकुल एकेडेमी घोराहीद्वारा वन भोज कार्यक्रम, विभिन्न प्रतियोगिता सम्पन्न

दाङ । गुरुकुल एकेडेमी घोराहीको बनभोज कार्यक्रम बुधबार सम्पन्न भएको छ । विद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई रेफ्रेसमेन्ट बनाउने गरी बनभोज कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ । घोराही १३ स्थित बाह्रकुने दहमा एक कार्यक्रमको आयोजना गरी विद्यालयका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुको भेला गरी आगामि शैक्षिक रणनितिको विषयमा पनि छलफल गरिएको हो । बनभोज कार्यक्रमको अवशरमा […]

प्रधानमन्त्री ओलीले गरे एनपीएलको उपाधि विजेता जनकपुर बोल्ट्सलाई सम्मान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई आइतबार आज सम्मान गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शनका साथ नेपाली क्रिकेटको स्तर उकास्न भूमिका निर्वाह गरेको भन्दै टोलीलाई बधाई दिए । शनिबार कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलामा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई […]

जनकपुर बोल्ट्सले एनपीएलको उपाधि जितेपछि,जनकपुरमा खुसियाली मनाइँदै

धनुषा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जनकपुर बोल्ट्स जितेकामा जनकपुरमा भव्य साथ खुसियाली मनाइँदै छ । खेलप्रेमीहरुले जनकपुरमा मोटरसाइकल र्‍याली र रथयात्रा निकाल्दै अबिर दलेर एकअर्कामा खुसी साटासाट गरिरहेका छन् । समूह–समूहमा जम्मा भएका युवाले जनकपुरका विभिन्न चोकमा जनकपुर बोल्ट्सको गीत गाएर बाजागाजाका साथ नाचगान गर्दै खुसियाली साटासाट गरिरहेका छन् । त्यस्तै युवाहरुले […]

नेपाल प्रिमियर लिगमा सर्वोत्कृष्ट नेपाली खेलाडी बने दीपेन्द्र,६१ लाख ९९ हजारको पाए कार

काठमाडौं । सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले कार जितेका छन् । नेपाल प्रिमियर लिगका उत्कृष्ट नेपाली खेलाडीलाई उक्त कार प्रदान गरिएको हो । नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ओमाडो एण्ड जेईकोले कार उपहार दिने निर्णय गरेको थियो । नेपाल क्रिकेट संघ, ब्रान्ड डिजिटल लजिक प्रालि र शारदा ग्रुपले […]

सुदूरपश्चिमलाई हराउँदै जनकपुर बोल्टस् बन्यो नेपाल प्रिमियर लिगको पहिलो विजेता

काठमाडौं । जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै पहिलो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)को उपाधि जितेको छ । टीयू क्रिकेट मैदानमा आज सम्पन्न फाइनलमा जनकपुरले सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै एनपीएलको उपाधि जितेको हो । सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो । जनकपरका ओपनर लाहिरु मिलान्थाले उत्कृष्ट ब्याटिङ […]

प्रचण्ड-देउवा सँगै अन्य नेताहरु समेत एनपीएलको फाइनल खेल हेर्दै

काठमाडौं । आज नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल हेर्न शीर्ष नेताहरू समेत पुगेका छन् । फाइनलमा खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा भइरहेको छ । फाइनल खेल हेर्न पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सँगै बसेर हेरेका छन् । त्यस्तै (एनपिएल)को फाइनल खेल हेर्न गृहमन्त्री रमेश […]

नेपाल प्रिमियर लिगको उपाधिका लागि जनकपुर बोल्ट्सले पायो १८५ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिगको उपाधिका लागि जनकपुर बोल्ट्सले १८५ रनको लक्ष्य पाएको छ। त्यस्तै टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको हो।

एनपीएलको फाइनलमा पुग्न सुदूरपश्चिमलाई जनकपुले दियो १४० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिगको फाइनल खेलमा पुग्न सुदूरपश्चिम रोयल्सले १४० रनको लक्ष्य पाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३९ रनको योगफल तयार पारेको हो । जेम्स निशमले बनाएको ४४ रन नै जनकपुरका लागि सर्वाधिक रह्यो। उनले २३ बलमा ३ चौका र […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]