
Sds
Rbs
Anm
Pbu
Ksm
mbd
Gmk
Mbdvs
Gisld
gst

Rgu
Ksm
Rgs
Asm
Wsp
Hal
Vor
Sls
Tsm
Bbbpu
Rsb
Sbs
Ssm
Gst
nsb
Bbu
Pvg
Rgu
Ggd

Jmb
Mks
Jmb
Abd
sab
Pls
Ptm
Bml
bbt
Rpp
Syp
Gsb
Rmb
दाङ । गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीद्वारा आयोजित तेस्रो दसैं मिलन भलिबल खेलकुद प्रतियोगितामा गढवा गाउँपालिकाले विजयी हासिल गरेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा गढवाले संयुक्त प्रहरीको टोलीलाई पराजित गर्दै पहिलो स्थानमा आफ्नो नाम लेखाएको हो । संयुक्त प्रहरीले उपविजेतामा चित्त बुझाएको छ ।
विद्यालयले प्रत्येक वर्ष जस्तै यस वर्ष पनि प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितामा गोरखा स्कुल, नेपाल शिक्षक महासंघ, लमही प्याबसन, देउखुरी युवा क्लव, संयुक्त प्रहरी, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र देउखुरी उद्योग वाणिज्य संघ लमही गरी ८ टिमले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा विजेता गढवा गाउँपालिकाले एक वटा बोका, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता संयुक्त प्रहरी टोलीले पाँच वटा लोकल कुखुरा, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको गोरखा मोडेल सेकेण्डरी स्कुलका खेल शिक्षक झलक सिंह रसाइलीले जानकारी दिए ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक लोकमान रिजालले खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे । उहाँले अध्ययनसँगै खेलकुदलाई जीवनको अभिन्न पाटोको रूपमा लिन विद्यार्थीलाई आग्रह पनि गरे ।
प्रतियोगिता गोरखा ग्रुपका अध्यक्ष विष्णु घर्ती मगरको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन प्लस टु संयोजक प्रकाश ओलीले गरेका थिए । रेफ्रीको भूमिका खेल प्रशिक्षक भरत कँवर र रवीन्द्र जिसीले निर्वाह गरेका थिए ।
