प्रिया स्मृती गजमेर/लमही शनिबार, भाद्र १३, २०८२

दाङ । नेपाल लोकतान्त्रिक खेलकुद संघ,क्षेत्र नं. १ दाङको प्रथम अधिवेशन उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ ।

अधिवेशनले झलक सिंह रसाइलीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । त्यसैगरी क्षेत्रीय उपाध्यक्षमा दीपक सुवेदी र गोविन्द प्रसाद गुप्ता, सचिवमा चन्द्रभान यादव,कोषाध्यक्षमा प्रवेश बेल्बासे र सह-सचिवमा अनिलनाथ योगी निर्वाचित भएका छन् । सदस्यमा रितेस सिंह खड्का,विवेक घर्ती मगर,कुविर गिरी,पूर्ण वहादुर महरा र रमित बुढा मगर चयन भएको निर्वाचन संयोजक भिमसेन लहरेले जानकारी दिए ।

अधिवेशनमा नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ की महाधिवेशन प्रतिनिधि केवलावती चौधरी, महाधिवेशन प्रतिनिधि ऋषिराज लहरे ‘अरुण ‘नेपाल तरुण दल क्षेत्र नं.१ का अध्यक्ष किरण विक्रम शाह र नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय सदस्य प्रिया स्मृती गजमेरको विशेष उपस्थिति थियो ।

कार्यक्रममा नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ की महाधिवेशन प्रतिनिधि केवलावती चौधरीले खेलकुदको विकास र युवा प्रतिभा उजागर गर्न खेलकुद संघले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।

उनले भने, “खेलकुद केवल मनोरञ्जनको माध्यम मात्र होइन,यो राष्ट्रको पहिचान,अनुशासन र एकताको स्रोत हो। युवा प्रतिभा पहिचान र प्रवर्द्धनमार्फत पार्टी र राष्ट्र दुवैलाई सेवा गर्न सकिन्छ ।” चौधरीका अनुसार खेलकुदले युवालाई अनुशासित,स्वास्थ्यवान र सक्षम बनाउने भएकाले यसतर्फ पार्टीका विभिन्न निकाय र समाज दुवै जागरुक हुनु आवश्यक छ । उनले खेलकुदका पूर्वाधार,प्रतियोगिता र प्रशिक्षण कार्यक्रमलाई प्राथमिकतामा राख्दै युवा प्रतिभा उजागर गर्नुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि ऋषिराज लहरे ‘अरुण’ ले खेलकुदमार्फत राष्ट्रिय एकता, स्वास्थ्य र सामाजिक सद्भाव प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन् । उनले नेपाल लोकतान्त्रिक खेलकुद संघलाई यस दिशामा अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै खेलकुदले युवा पुस्तामा सकारात्मक ऊर्जा भरिदिने र राष्ट्रिय पहिचानलाई मजबुत बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।

नेपाल तरुण दल दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय अध्यक्ष किरण विक्रम शाहले खेलकुदले युवा प्रतिभा उजागर गर्ने र राष्ट्रिय एकता प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनका अनुसार खेलकुद केवल मनोरञ्जनको माध्यम नभई राष्ट्र निर्माणको प्रभावकारी साधन हो । शाहले भने, “युवा पीढीलाई खेलकुदमार्फत अनुशासित, सशक्त र सक्षम बनाउँदै राष्ट्रलाई बलियो बनाउन सकिन्छ । खेलले स्वास्थ्य, आत्मविश्वास र नेतृत्व क्षमतामा वृद्धि गराउँछ, जसले सामाजिक सद्भाव र एकताको भावना बलियो बनाउँछ ।”

नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय सदस्य प्रिया स्मृती गजमेरले खेलकुदको विकासका लागि आवश्यक पूर्वाधार निर्माण, प्रतियोगिताको आयोजना र स्थानीय स्तरमै प्रतिभावान खेलाडीको पहिचान गरी उनीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने खालको रणनीति आवश्यक रहेकोमा जोड दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]