
Pbu
Sds
Mbdvs
Gisld
Rbs
mbd
Ksm
Anm
Gmk
gst

Ksm
Rgu
Tsm
Bbbpu
Sbs
Gst
Rgs
Vor
Asm
Hal
Wsp
Rsb
Ggd
Pvg
Rgu
nsb
Sls
Bbu
Ssm

sab
bbt
Rmb
Bml
Jmb
Mks
Pls
Rpp
Abd
Jmb
Ptm
Gsb
Syp
दाङ । देउखुरीको राजपुर गाउँपालिका अन्तरगत नाका स्तरीय खेलकुद समाजको साधारणसभा तथा अधिवेशनले चक्रबहादुर खड्का (शिखर) लाई दोस्रो कार्यकालको लागि अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको छ ।
युगबोध आधारभुत विद्यालय सुनपत्थरीमा सम्पन्न भएको अधिवेशनले खड्कालाई दोस्रो कार्यकालको लागि अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो । जसको उपाध्यक्षमा शिवशक्ति मावि भौवानाकाका प्रधानध्यापक लिलाधर विक र युगबोध आधारभुत विद्यालय सुनपत्थरीनाकाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोरेबाहादुर घर्ती (गोरेन्द्र) लाई सर्वसम्मत रुपमा चयन गरेको छ ।
त्यस्तै सचिवमा बालकल्यान मावि खांग्रानाकाका प्रधानध्यापक रामसुरेश यादव,सह-सचिवमा विरेन्द्र प्राथमिक विद्यालय गौरिनाकाका प्रधानध्यापक रामबरण यादव,कोषाध्यमा युगबोध आधारभुत विद्यालयका प्रधानध्यापक कमल ओलीलाई चयन गरिएको छ भने सभाले सदस्यमा भिमबहादुर कुवर, जगेन्द्र राना,कृष्ण पुन,रामबहादुर विक,प्रमोद घर्तीलार्ई चयन गरेको हो । दुईजना सदस्य आगमी बैठकमा मनोनय गर्ने समितिले निर्णय गरेको छ ।
यसैगरी सभाले सल्लाहकार संयोजकमा राजपुर गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का वडाध्यक्ष श्यामबहादुर रोका,सदस्यमा गणतन्त्र राष्ट्रिय दैनिकका देउखुरी प्रमुख पत्रकार शिवु खनाल,सन्देश विक,प्रमोद बस्नेत,शुसिला पुनलाई चयन गरेको हो ।
त्यस्तै १४ औँ नाकास्तरिय खेलकुद महोत्सव युगबोध आधारभुत विद्यालय सुनपत्थरी नाकामा यहि मंसिर १५ गते हुनेछ । उक्त महोत्सव तिनदिन सम्म संचालन हुने आयोजकले जनाएको छ । नाका स्तरमा संचालित विद्यालय विद्यार्थी,अभिभावक विच प्रतिस्पर्धात्मक कार्यक्रम संचालन गरेर नाकास्तरीय खेलकुद महोत्सव मनाइदै गरिदै आएको छ । कार्यक्रमको सहजिकरण सचिव रामसुरेश यादवले गरेका थिए । नाकास्तरीय खेलकुद महोत्सव मंसिर १५ गतेदेखि सुरु गर्ने समितिको निर्णय यसवर्ष नाका स्तरीय खेलकुद महोत्सवलाई नयाँ व्यवस्थापन तवरले संचालन गर्ने निर्णय गरेको छ ।
नाकास्तरीय खेलकुद समाजका अध्यक्ष खड्काको अध्यक्षता एवम् राजपुर गाउँपालिका वडा नम्बर ७ का वडासदस्य प्रमोद बस्नेतको प्रमुख आतिथ्यमा बसेको बैठकले नाका स्तरीय खेलकुद महोत्सव यहीँ मंसिर १५ गते निर्णय गरेको हो । प्रत्येक वर्ष फागुन १२ गते लाग्दै आएको नाका स्तरीय खेलकुद महोत्सव यसपटक भने २३ वटा नाकामा रहेका एघार बिद्यालयको सहभागीतामा मंसिर १५ गतेदेखि १४ औँ नाकास्तरिय खेलकुद महोत्सव सुरुहुने भएको हो । २०५५ सालवाट खेल महोत्सव सुरु भएको हो । यसपटक उक्त महोत्सव राजपुर गाउँपालिका वडा नम्बर ७ सुनपत्थरी नाका युगबोध आधारभुत विद्यालयमा संचालन हुने नाका स्तरिय खेलकुद महोत्सवका सचिव राम सुशेर यादवले जानकारी दिए ।
त्यस्तै नाका स्तरीय खेलकुद महोत्सवमा नाकाका एघार वटा सामुदायिक विद्यालयका विद्यार्थी र अभिभावकको सहभागी हुदैछ । कबरडी,दौड,रिले दौड,सटफुट, ज्याब्लिङ् थ्रो,हिबास दौड,हाइजम्प, लङजम्प,वकक्तिवकला लोक गित,लोक नृत्य, अभिभावक तर्फबाट लोक दोहरी, महिला पुरूषा भलिबल,डोरी तानातान लगायत खेलकुद महोत्सवमा विद्यार्थी विद्यार्थी बिच प्रतिस्पर्धा हुन्छ । खेलकुद महोत्सवमा लाग्ने सम्पूर्ण खर्च गाउँपालिकाले सहयोग गर्ने भएको छ ।
