Sidha Patra शनिबार, कार्तिक २९, २०८२

काठमाडौं । कर्णाली यश्वीसले लगातार दोस्रो सिजन एभरेस्ट महिला भलिबल लिगको उपाधि जितेको छ ।

शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको फाइनल भिडन्तमा ललितपुर क्विन्समाथि ३-२ को सेटमा जित निकालेर कर्णाली च्याम्पियन बनेको हो ।

अघिल्लो सिजन पनि कर्णालीले उपाधि जित्ने क्रममा ललितपुरलाई नै हराएको थियो । शनिबार कर्णालीले पहिलो सेट २६-२४ ले जितेर विजयी सुरूवात गर्न सफल भयो । दोस्रो सेटमा २५-१७ ले विजयी भएसँगै कर्णाली २-० ले अघि रह्यो । तर त्यसपछिका दुई सेटमा ललितपुरले पुनरागमन गर्न सफल भयो । ललितपुरले तेस्रो सेट २५-१३ ले जित्यो भने चौथो सेटमा २५-१७ को जित निकालेर खेललाई बराबरीमा ल्यायो ।

त्यसपछि निर्णायक पाँचौ सेटमा कर्णाली हाबी बन्न पुग्यो । कर्णालीले १५-८ ले जितेर ट्रफी उचाल्न सफल भयो ।यसअघि भदौमा सुरु भएको लिग जेनजी आन्दोनलका कारण बीचैमा स्थगित भएको थियो । त्यसपछि यहि साता बाँकी खेल सकिएका हुन् ।सेतोपाटी

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]