
Gisld
Gmk
Rbs
Anm
Mbdvs
Pbu
mbd
Ksm
Sds

Sls
Bbbpu
Wsp
Rgu
nsb
Gst
Ssm
Rsb
Hal
Sbs
Tsm
Rgs
Pvg
Ksm
Rgu
Bbu
Ggd
Vor
Asm

Rmb
Abd
sab
Rpp
Jmb
Syp
Mks
bbt
Ptm
Pls
Jmb
Bml
Gsb
दाङ । गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीको आयोजनामा तेस्रो दसैं मिलन भलिबल खेलकुद प्रतियोगिता सोमबारदेखि सुरु भएको छ ।
गोरखा ग्रुप दाङका अध्यक्ष बिष्णु घर्ती मगरको अध्यक्षतामा उद्घाटन भएको खेलकुद प्रतियोगिता राप्ती गाउँपालिका, गढवा गाउँपालिका,देउखुरी उद्योग बाणिज्य संघ,प्याब्सन लमही नगर,देउखुरी भलिबल क्लब,शिक्षक महासंघ लमही र आयोजक टिम,नेपाल प्रहरी गरि ८ वटा टिम समावेश गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा अतिथि लगायत खेलाडीहरुलाई स्वागत गर्दै विद्यालयका प्रिन्सिपल लोकमान रिजालले खेलकुदले विद्यार्थीको शारीरिक,मानसिक र सामाजिक विकासमा योगदान पुर्याउने बताए । उनले खेलकुदलाई अध्ययनसँगै जीवनको महत्वपूर्ण पाटोका रुपमा लिन आग्रह समेत गरे ।
नकाउट सिस्टममा खेलाइने दुई दिने प्रतियोगिताको रेफ्री संयोजकमा भरत कवर र सहायक रेफ्रीमा रबिन जिसी रहेका छन् । उद्घाटन सत्र कार्यक्रमको संचालन विद्यालयका शिक्षक प्रकाश वलीले गरेका थिए ।
