
Gisld
gst
Sds
Mbdvs
Gmk
mbd
Ksm
Rbs
Anm
Pbu

Ksm
Sls
Wsp
Hal
nsb
Rgu
Bbbpu
Gst
Rsb
Pvg
Bbu
Sbs
Vor
Ssm
Ggd
Rgu
Asm
Tsm
Rgs

Syp
Jmb
Abd
Rmb
Ptm
Mks
Pls
bbt
Gsb
Jmb
Bml
Rpp
sab
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा आगामी कार्तिक २८ गतेदेखि पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ ।
गाउँपालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूको बैठकले उक्त निर्णय गरेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिए ।
प्रतियोगिता गाउँपालिकाको आर्थिक सहयोग तथा वडा नं. ४ मा रहेको माध्यमिक विद्यालय मौरीघाटको आयोजनामा कार्तिक २८ गतेदेखि ३० गतेसम्म तीन दिन सञ्चालन हुने छ ।
गत वर्षको रनिङ शिल्ड खेलकुद प्रतियोगितामा विजयी विद्यालयले अर्को वर्षकाे प्रतियोगिता आयोजना गर्ने परम्परा अनुसार यस वर्ष प्रतियोगिताको आयोजना गर्ने जिम्मा सो विद्यालयले पाएको हो । गाउँपालिकाले खेलकुदको माध्यमबाट विद्यार्थीहरुको शारीरिक,मानसिक तथा संवेगात्मक क्षमताको विकासका साथै आपसी मेलमिलाप र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि हुने अपेक्षा गरेकाे शाखा प्रमुख विकले बताए ।
त्यस्तै प्रतियोगितामा गाउँपालिका अन्तर्गतका आधारभूतदेखि माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न खेल विधामा सहभागी गराइने जनाइएको छ ।
