
Ksb
Rsb
Bsn
Gsb
Ksb
Ksb
Nsb
Ssb
Csb
Ppu
Ssb
Tgp
Usb
Rks

Ssb
Gsb
Hl1
Usb
Tsb

Rgu
Nps
ptl
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा आगामी कार्तिक २८ गतेदेखि पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ ।
गाउँपालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूको बैठकले उक्त निर्णय गरेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिए ।
प्रतियोगिता गाउँपालिकाको आर्थिक सहयोग तथा वडा नं. ४ मा रहेको माध्यमिक विद्यालय मौरीघाटको आयोजनामा कार्तिक २८ गतेदेखि ३० गतेसम्म तीन दिन सञ्चालन हुने छ ।
गत वर्षको रनिङ शिल्ड खेलकुद प्रतियोगितामा विजयी विद्यालयले अर्को वर्षकाे प्रतियोगिता आयोजना गर्ने परम्परा अनुसार यस वर्ष प्रतियोगिताको आयोजना गर्ने जिम्मा सो विद्यालयले पाएको हो । गाउँपालिकाले खेलकुदको माध्यमबाट विद्यार्थीहरुको शारीरिक,मानसिक तथा संवेगात्मक क्षमताको विकासका साथै आपसी मेलमिलाप र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि हुने अपेक्षा गरेकाे शाखा प्रमुख विकले बताए ।
त्यस्तै प्रतियोगितामा गाउँपालिका अन्तर्गतका आधारभूतदेखि माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न खेल विधामा सहभागी गराइने जनाइएको छ ।
