
Gsbr-6
Msbg-2
Rksr-7
Csbg-7
Gsbg-3
Usbl-7
Pbu
Jsbr-3
Jsbg-7
ksbl-7
काठमाडौं । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्दै छन्। नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रचण्ड साँझ ६ बजे कतार एयरवेजको जहाजमार्फत न्यूयोर्क प्रस्थान गर्न लागेका हुन्। त्यस्तै उनले असोज ४ गते संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यसअघि नेपालले राष्ट्र संघमा आबद्ध […]
काठमाडौं । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनलाई पशुपति आर्यघाटमा छोराहरु मिङसो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् । लगत्तै नेपाली सेनाको टोलीले शोक धुन बजाएको थियो । त्यसअघि नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर र नेकपा एमालेका अध्यक्ष केपी शर्मा […]
काठमाडौं । सोमबार राति निधन भएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिंदैछ । नेम्वाङको सोमबार राति निधन भएको थियो । दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको उनको पार्थिव शरीरलाई बुधबार बालुवाटारस्थित निवासमा लगिएको छ । एमालेको केन्द्रीय प्रचार एवं प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार आज ११ बजे पशुपति आर्यघाटमा नेम्वाङको अन्त्येष्टि […]
दाङ । नेकपा एमाले लमही नगर कमिटीले लमही बजार भित्र मीन भवन अगाडि शोक पुस्तिका राखेकोछ। पार्टीका केन्द्रीय उपाध्यक्ष,संविधान सभाका अध्यक्ष तथा नेकपा एमाले संसदीय दलका उप नेता समेत रहेका माननीय सांसद सुवासचन्द्र नेम्वाङको गत सोमबार राती १ बजे हृदयघातबाट मृत्यु भएको थियो। यसरी आकस्मिक मृत्यु भएका नेम्वाङलाई श्रद्धाञ्जली दिन उक्त शोक पुस्तिका राखिएको हो। […]
काठमाडौं । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले एमाले उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको छ । संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङको अन्येष्टि गर्ने दिन सार्वजनिक बिदा दिने पनि सरकारले निर्णय गरेको छ । नेम्वाङका छोराहरू विदेशमा रहेको र उनीहरू आएलगत्तै अन्त्येष्टि गर्ने कार्यक्रम रहेको छ । सरकारले छोराहरू आएर अन्त्येष्टि गर्ने निर्णय भएको दिन […]
काठमाडौं । हृदयघातका कारण नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पताल स्रोतले बताएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली पनि अहिले त्रिवि शिक्षण अस्पताल पुगेका छन् । पूर्वसभामुख समेत […]
दाङ । राप्ती गाउँपालिका स्तरीय सहिद,बेपत्ता, घाइते र अपांग परिवारहरुकाे प्रथम भेला शनिबार माैरीघाटमा सम्पन्न भएको छ। नेकपा माओवादी केन्द्र राप्ती गाउँ कमिटीको आयोजनामा सम्पन्न भेलाले दुर्गा बहादुर खैकला मगरको संयाेजकत्वमा १५ सदस्य गाउँपालिका स्तरीय कमिटी गठन गरेको छ। जसको सह – संयाेजकमा चिसमाया राेका र सचिवमा नारायण पाैडेल रहनु भएको छ। त्यस्तै अन्य सदस्यहरुमा […]
काठमाडौं । काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगी संक्रमित भएर ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको बिहीबार बिहान निधन भएको महानगर स्रोतले जनाएको छ । त्यस्तै उनी पाँच दिनअघि अस्पताल भर्ना भएका थिए । फोक्सोमा पानी जमेर निमोनियाको पनि समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । रिजाल गत स्थानीय तहको […]
बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षमा पाल्पाका राधाकृष्ण कंडेल विजयी भएका छन् । पदाधिकारीमा एक उपसचिवबाहेक अरु सबै विष्णु पौडेल पक्षका कंडेल प्यानलकै उम्मेदवारहरु विजयी भएका छन् । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बुधबार बिहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार अध्यक्षका अर्का उम्मेदवार प्युठानका हरि रिजाललाई २ मतले पछि पार्दै कंडेल विजयी भएका हुन् । […]