
Gsbg-3
Rksr-7
Pbu
ksbl-7
Gsbr-6
Usbl-7
Csbg-7
Msbg-2
Jsbr-3
Jsbg-7


काठमाडौं । नेपाली काङ्ग्रेसले आजदेखि ‘समुदायमा काङ्ग्रेस’ अभियान सुरु गरेको छ ।
शहीद दिवसको अवसर पारेर काङ्ग्रेसले औपचारिक रुपमा अभियानको सुरु गरेको हो । अभियान अन्तर्गत आज सबै वडा तहमा कार्यक्रम हुने काङ्ग्रेसले जनाएको छ ।
माघ २६ गतेसम्म सञ्चालन हुने अभियानमा नेताहरूले जनताका कुरा सुन्नेछन् । तर,औपचारिक कार्यक्रम भने हुने छैनन् । अभियानका लागि ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि र ७ वटै प्रदेशमा शीर्ष नेताहरु खटाइएको छ ।
त्यस्तै यसअघि एक महिनाका लागि तय भएको कार्यक्रम राष्ट्रिय सभा निर्वाचनका कारण काङ्ग्रेसले छोट्याएको थियो । यहीँ अभियान अन्तर्गत महामन्त्री गगनकुमार थापाले हुलाकी राजमार्ग वरपरका जिल्लामा ‘संवाद यात्रा’ सुरु गरिसक्नु भएको छ ।
