Sidha Patra सोमबार, माघ १५, २०८०

प्यूठान । नेकपा एमालेको प्युठान जिल्ला स्तरिय ३ दिने प्रशिक्षण कार्यक्रम सोमबारदेखी सुरु भएको छ । बिजुवार स्थित सहिद उमेशचन्द्र थापा स्मृति प्रतिष्ठानको हलमा सुरु प्रशिक्षण कार्यक्रमको उपमहासचिव एवं केन्द्रीय पार्टी स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले उद्धाटन गर्नु हो ।त्यस्तै उद्धाट्न कार्यक्रममा उपमहासचिव ज्ञवालीले पार्टीको प्रशिक्षण अभियानको समग्र सन्दर्भसहित योजनाबद्द स्कुलिङका बारेमा प्रकाश पार्नु भयो । कार्यक्रममा विशेष अतिथि पार्टी पोलिटव्युरो सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्य थापाले प्युठानमा कम्युनिष्ट आन्दोलनको शुरूमै २०१० साल पुस १७ देखि चैत ५ गतेसम्म १२५ जनाको सहभागितामा संचालित तीन महिना लामो ‘जनता प्रशिक्षण शिविर’ को ऐतिहासिक भुमिका रहेको सन्दर्भको चर्चा गर्दै पार्टीमा वैचारिक रूपमा एकरूपता सिर्जना गर्नुपर्ने बताउनु भयो ।

यस्तै प्रशीक्षकको रुपमा उपमहासचिव ज्ञवाली, सचिव पद्मा अर्याल,पोलिट्व्युरो सदस्य थापा, इश्वरी रिजाल,राधाकृष्ण कँडेल,केन्द्रीय सदस्य लक्ष्मण ज्ञवाली,भगवती न्यौपाने,पार्टी स्कुल विभाग सचिव घनश्याम कोइराला,सदस्यहरू बद्री खनाल, रामशरण प्याकुरेल र वाइपी आचार्य प्युठानमा रहनुभएको छ।

त्यस्तै जिल्लाका अगुवा नेता कार्यकर्ता प्रशीक्षणमा सहभागी छन । जिल्ला पार्टी अध्यक्ष तथा पार्टी स्कुल विभाग प्रमुख विजय विराज बिष्टको अध्यक्षता र सचिव माधव पौडेलले संचालन गर्नुभएको उद्घाटन सत्रपछि विषयगत प्रशिक्षण सुरु गरिएको नेकपा एमाले प्यूठान जिल्लाले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]