
Gsbr-6
Csbg-7
Pbu
Msbg-2
Jsbg-7
Rksr-7
Gsbg-3
Usbl-7
ksbl-7
Jsbr-3


काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएको छ । विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा सोमबार राति उहाँको मृत्यु भएको हो ।
त्यस्तै नेता बुढाथोकीको ८० वर्षको उमेरमा सोमबार राति उपचारका क्रममा निधन भएको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जनाकारी दिनु भयो । ‘हक्की स्वभावका नेता बुढाथोकीको बिदाइले पूर्वी नेपाल खासगरी झापाको भूमिमा उहाँको ठुलो रिक्तता अनुभूति हुनेछ । उहाँका योगदानहरू हामी सदैव स्मरण गरिरहने छौँ,’ महामन्त्री शर्माले सामाजिक सञ्जालमार्फत भन्नु भएको छ ।
यस्तै बुढाथोकी लामो समयदेखि प्रोस्टेटको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । पछिल्लो समय मिर्गौलामा समस्या आएका कारण उपचार गराइरहनु भएको थियो । लामो राजनीतिक जीवनमा उहाँ सामान्य प्रशासन मन्त्री, जलस्रोत सहायक मन्त्री, राष्ट्रिय पञ्चायत सदस्य, प्रधानपञ्च, जिल्ला पञ्चायत सभापति हुनु भएको थियो । बुढाथोकीका दुई छोरा र एक छोरी रहेका छन् ।
