टेकबहादुर पुन/जिल्ला ब्युरो आइतबार, माघ २१, २०८०

दाङ । नेपाली काङ्ग्रेसका नेता बिमलेन्द्र निधिले गुटबन्दीलाई अन्त्य गर्न आबस्यक रहेको बताएका छन ।

गुटगटले पार्टीलाई कमजोर बनाउने र जसका कारण कोही सफल नहुने बताए । समुदायमा काँग्रेस अन्तरगत लमहीमा भएको अन्तरक्रिया कार्यक्रममा निधिले यस्तो बताएका हुन । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका उनले एकअर्कालाई सम्मान गर्दै गुटलाई रुपान्तरण गर्न अनुरोध गरे ।संगठन बलियो बनाउन एकअर्को सामिप्यता आबस्यक रहने बताउँदै सिद्धान्त र बिचार बिना पार्टी बलियो नहुने उनको जिकिर छ । ‘सबै एकजुट भएर लाग्नुस, सधै राम्रो गर्छु भन्ने सोच राख्नुस निधिले भने-तब पो पार्टी बलियो हुन्छ ।’नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डेको अध्यक्षतामा कार्य अन्तरक्रिया भएको हो । कार्यक्रममा घोराही उपमहानगरपालिका -५ का वडा सभापति विष्णुमणि दाहाल,राप्ती गाउँपालिकाका सभापति विद्या शरण चौधरी,राजपुर गाउँपालिका उपाध्यक्ष धनपती देवि यादव,लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगी, महाधिवेसन प्रतिनिधि अनुराग यादव,महासमिति सदस्य कर्ण बहादुर बुढाथोकी,लुम्बिनी प्रदेश सभा सदस्य लोका विक,जिल्ला सभापति शंकर प्रसाद डाँगी,लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुन लगायतले बोलेका थिए ।

नेपाली काङ्ग्रेस दाङ १ ‘क’ का सभापती श्रिपत चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण क्षेत्रीय सहसचिव प्रकाश कुमार जिसीले गरेका हुन ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]