टोपेन्द्र खनाल/सिधा-पत्र कर्मी आइतबार, माघ १४, २०८०

दाङ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी राजपुर गाउँ कमिटीको अध्यक्षमा शनिबार एक कार्यक्रमका बीच नन्दाराम यादवलाई चयन गरिएको छ ।

दाङ क्षेत्र नम्बर १का क्षेत्रीय अध्यक्ष बिनय बुढाथोकीको अध्यक्षता तथा केन्द्रीय सदस्य बिश्वदेव शाहको प्रमुख अथित्यता र राष्ट्रीय प्रजातन्त्र पार्टी दाङ जिल्ला अध्यक्ष किशोर कुमार न्यौपानेको विशिष्ट आतिथ्यमा भएको कार्यक्रमले राजपुर गाउँपालिकाको गाउँ पार्टी कमिटीलाई पुनः थप बिस्तार गर्ने गरी अध्यक्ष पदमा राजपुर -२ निवासी नन्दाराम यादव,उपाध्यक्ष पदमा राजपुर -४ निवासी देव बहादुर हरिजन,सचीव पदमा राजपुर -५ निवासी गोपाल भन्डारी चयन भएका छन भने सदस्य पदमा राजपुर -१ निवासी बिजुली मतवाला ( चलाउने )लाई चयन गरिएको हो ।

पार्टी जिल्ला कार्य समिति दाङ एवम् सम्पुर्ण पार्टी कमिटीका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा भुगोल केन्द्रीत कार्यक्रम “नवीन राप्रपा” अन्तर्गत दिलिप चौधरीको नेतृत्वमा राजपुर गाउँ पालिका वडा नम्बर २ को वडा कमिटी समेत गठन भएको छ। कार्यक्रमबाट सर्बसम्मत मनोनित राजपुर गाउँ पालिका अध्यक्ष यादव,२ नम्बर अध्यक्ष चौधरी लगायत मनोनित सम्पूर्ण कमिटीका पदाधिकारी सदस्यहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिदै प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य विश्वदेव शाहले नविन राप्रपाले उठान गर्दै आएका राष्ट्रिय मुद्दाहरु : हिन्दु राष्ट्र , संबैधानिक राजतन्त्र र संघीयता खारेज रहेको स्पष्ट पार्दै पार्टीको भावी योजना समेत प्रस्तुत गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]