पूर्वमन्त्री चौधरी १४ वर्षपछि एमाले प्रवेश

रुपन्देही । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री दानबहादुर चौधरी १४ वर्षपछि पुनः नेकपा एमालेमा प्रवेश गरेका छन् । बि.स २०५१ सालमा एमालेमा प्रवेश गरेर १४ वर्ष एमालेमा काम गरेर मधेसवादी पार्टीमा प्रबेश गरेका थिए । यो बीचमा तमलोपा,राजपा,जसपा, नयाँशक्ति,नेपाल समाजवादी पार्टीलगायतमा उनी प्रवेश गरेर १४ वर्षपछि पुनःएमालेमा फर्केको कपिलवस्तुका […]

नेकपा एकीकृत समाजवादी लमहीकाे अध्यक्षमा अधिकारी चयन

दाङ । नेकपा (एकीकृत समाजवादी) लमही नगर कमिटीको अध्यक्षमा हिमाल अधिकारी चयन हुनुभएको छ । एकीकृत समाजवादीको जिल्ला कमिटीको बैठकले अधिकारीलाई अध्यक्षको जिम्मेवारी दिएको हो । अधिकारी अनेरास्ववियुकाे जिल्ला उपाध्यक्ष समेत हुनु भएको थियो । हाल अखिल नेपाल किसान महासंघको प्रदेश कमिटी सदस्य समेत रहनु भएको छ । अधिकारीले विगच पच्चीस वर्षदेखि निरन्तर राजनीतिक क्षेत्रमा […]

थोपा ,, मिलेर समुन्द्र बनोस भन्दै राप्रपा राजपुरले गर्‍यो मिर्गौला पीडितलाई आर्थिक सहयोग

दाङ । राजपुर गाउँपालिका वडा नम्बर २ बेला निवासी मीन बहादुर सुनारकी धर्मपत्नी तुलसा सुनार मिर्गौला पीडित भइ डायलाइसिस गर्दै आफ्नो जीवन गुजारी रहेको खबर समाचार सुनेपछी राष्ट्रिय प्रजातन्त्र पार्टी राजपुरले पीडितकै घरमा पुगि भेटीघाटी गर्दै थोपा थोपा मिलेर समुन्द्र बनोस् भन्दै पीडितलाई एक हजार छ सय पचपन्न रुपैयाँ आर्थिक सहयोग गरेको छ । सानो […]

नेपाली काङ्ग्रेस नेता गिरीको निधन

काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता तथा सांसद प्रदीप गिरीको निधन भएको छ। ७५ वर्षका नेता गिरीको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९ः३६ मा निधन भएको अस्पताल स्रोतले जनाएको छ। त्यस्तै उनको विगत तीन सातादेखि मेडिसिटीमा उपचार हुँदै आएको थियो । परिवारको आग्रहमा शुक्रबार उनलाई भेन्टिलेटरबाट निकालेर आइसियूमा राखिएको थियो । देशसंचार

लुम्बिनी प्रदेश समाजवादी महिला संघ अन्जु चौधरीको अध्यक्षतामा ५५ सदस्यि समिति गठन

कपिलवस्तु । जनता समाजवादी पार्टी नेपाल निकट लुम्बिनी प्रदेशको समाजवादी महिला संघ अन्जु चौधरीको अध्यक्षतामा ५५ सदस्यि प्रदेश स्तरीय समिति गठन भएको छ । समाजवादी महिला संघ लुम्बिनी प्रदेश भेला तथा प्रशिक्षण कार्यक्रम बाके जिल्लाको नेपालगंजमा भव्य रूपमा सम्पन्न भइ सो कमिटी गठन भएको छ । लुम्बिनी प्रदेशको समाजवादी महिला संघको उपाध्यक्षमा स्वेता राना मगर, […]

गठबन्धनलाई आउँदो मंसिर ४ गते जनताले जवाफ दिनेछन: सुवास नेम्वाङ

प्युठान। नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आगामी प्रदेश र प्रतिनिधिसभा चुनावमा गठबन्धनलाई जनताले जवाफ दिने बताउनुभएकाे छ । नेकपा एमाले प्युठानले बिजुवारमा आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता प्रशीक्षण कार्यक्रममा उपाध्यक्ष नेम्वाङले सरकारले गरेका गलत कामहरूको फैसला मंसिर ४ गते हुने निर्वाचनबाट जनताले गर्ने बताउनुभयो। त्यस्तै एमाले मजबुत र शक्तिशाली रहेकाले एमालेविरुद्ध सत्तारुढ दलहरूले गठबन्धन गरेको […]

प्रदेश शभा सदस्यमा मिर्जा राशिद बेगको चर्चा

कपिलवस्तु । सरकारले मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मिति तोकेसँगै नेताहरुले आ–आफ्नो निर्वाचन क्षेत्रमा दौडधुपमा सक्रिय भएका छन् । उनीहरुले आफुले गरेको काम र आउने दिनमा गर्ने कार्यसुची लिएर दौडधुपलाई तीव्रता दिएका छन् । यति बेला नेताहरुले आ–आफ्नो पार्टीका शीर्ष नेतालाई भेट्दै टिकट पाउनको लागि पहल गरिरहेका छन् । कपिलवस्तुको क्षेत्र […]

अखिल नेपाल शिक्षक संघको दोश्रो लुम्बिनी प्रदेश स्तरीय भेला सम्पन्न

दाङ । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल शिक्षक संघको दोश्रो लुम्बिनी प्रदेश स्तरीय भेला सम्पन्न भएको छ । दाङको भालुवाङमा प्रदेश अध्यक्ष बालाराम पोख्रेलको अध्यक्षतामा शनिबार दोश्रो लुम्बिनी प्रदेश स्तरीय भेला सम्पन्न भएको हो । सो अवसरमा वक्ताहरुले नेपालको शिक्षा प्रणाली सुधारका लागि शिक्षा ऐनमा भएको व्यवस्थामा शिक्षकले विगतदेखि उठाउँदै आएका माग र समस्याका बारेमा […]

नेपाल कम्युनिस्ट पार्टी विप्लवद्वारा भदौ ७ गते नेपाल बन्दको गर्ने घोषणा

काठमाडौँ । चार कम्युनिष्ट पार्टीले आन्दोलन घोषणा गरेका छन् । संयुक्त विज्ञप्ति जारी गर्दै नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले आन्दोलनको घोषणा गरेका हुन्। त्यस्तै शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले गरेको एमसीसी सम्झौता, नेपाल कम्युनिष्ट […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]