
Ssb
Usb
Csb
Ppu
Ksb
Bsn
jsb
Gsb
Rsb
Ksb
Fmb
Tgp
Ssb
Ksb
Rks
Nsb

Gsb
Usb
Hl1
Tsb
Ssb

ptl
Nps
Rgu
दाङ । गढवा गाउँपालिका वडा नम्बर ४ स्थित गंगापरस्पुर खानेपानी आयोजना अस्तब्यस्त भएको भन्दै त्यसलाई ब्यवस्थित गर्न स्थानीय वडा स्तरका राजनितिक दलहरुको चाँसो बाहिरिएको छ ।
सोमवार सम्पन्न राजनितिक दलहरुको संयन्त्रको बैठकले उक्त खानेपानी आयोजनालाई थप ब्यवस्थित गर्न दलिय संयन्त्र गठन गरि स्थानीय सरकार गढवा गाउँपालिकाका अध्यक्ष समक्ष मागपत्र बुझाईएको समितिका संयोजक तथा नेपाली काङ्ग्रेस वडा नम्बर ४ का सभापति प्रदिप केसीले जानकारी दिनुभयो ।
उक्त खानेपानी आयोजनाका अध्यक्ष वर्तमान जननिर्वाचित वडा अध्यक्ष रहनु भएको र उहाँलाई पटक–पटक साधारणसभा राख्न अनुरोध गर्दा समेत लामो समयसम्म भेला तथा साधारणसभा नभएका कारण आयोजना अस्तब्यस्त भै रहेको राजनितिक संयन्त्रको दाबि रहेको छ । जसका कारण पाइपलाईन बिस्तार,धारा वितरण,टैंकीको संरक्षण,कर्मचारी परिचालन र खानेपानीको महसुलका बिषयमा गंभिर संकट उत्पन्न भएको भन्दै राजनितिक संयन्त्रले एक समिति गठन गरि गाउँपालिकाको ध्यानाकर्षण गराएको समितिका संयोजक प्रदिप केसीले जानकारी दिनुभयो ।
त्यस्तै खानेपानीको समस्या तत्काल समाधान गर्न अनुरोध गर्दै उक्त समितिले वडा कार्यालय,गढवा गाउँपालिका र जिल्ला खानेपानी डिभिजन कार्यालयमा समेत मागपत्रको बोधार्थ पठाएको बताएको छ । यत्तिमात्र होइन उक्त संयन्त्रले स्थानीय सरकारद्धारा गढवा ४ मा सञ्चालित बिकास योजनाहरु सञ्चालन तथा सम्पन्न गर्दा लागत स्टिमेट बमोजिम काम भए नभएको,अनुगमन,रेखदेख समेत गर्ने र स्थानीय सरकारलाई सुझाव दिने काम पनि वडा स्तरीय राजनितिक संयन्त्रबाट गर्ने निर्णय गरेको जानकारी गराएको छ ।
यस्तै उक्त समितिका संयोजकमा नेपाली काँगे्रस वडा नम्बर ४ का सभापति प्रदिप केसी, सहसंयोजकमा नेकपा एमाले गढवा ४ का वडा अध्यक्ष कमल खड्का,जनता समाजवादी पार्टी गढवाका अध्यक्ष महबुव अली,राष्ट्रिय स्वतन्त्र पार्टीका त्रिभुवन भट्टराई, राष्ट्रिय जनमोर्चाका चिन्ता प्रसाद पोखे्रल, नेकपा मसालका चन्द्र केसी र नेकपा एकिकृत समाजवादीका बामदेव यादव रहनु भएको छ । उक्त संयन्त्रमा नेकपा माओवादी पार्टीका प्रतिनिधी भने रहनु भएको छैन ।


