जनपत्रकार संगठन नेपालकाे चौथौ राष्ट्रिय सम्मेलन संपन्न,अध्यक्षमा शेर बहादुर विश्कर्मा निर्वाचित

दाङ । नेत्र विक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट जनपत्रकार संगठन नेपालको एतिहासिक चौथौ राष्ट्रिय सम्मेलन काठमाौँमा संपन्न भएको छ। जनपत्रकार संगठन नेपालको एतिहासिक चौथौ राष्ट्रिय सम्मेलनको उद्धघाटन समारोह संगठनका केन्द्रीय संयोजक शेर बहादुर विश्वकर्माकाे अध्यक्षतमा,नेकपा सचिवालय सदस्य बुढामगर (विषम) को प्रमुख अतिथ्यता,नेपाल पत्रकार महासंघका सचिव गोविन्द प्रसाद चौलागाई, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण […]

नेकपा माओवादी केन्द्र दाङ जिल्लाको इन्चार्जमा आचार्य चयन

दाङ । नेकपा माओवादी केन्द्रको दाङ जिल्ला इन्चार्जमा निर्मल आचार्य चयन भएका छन् । शनिवार लुम्बिनी प्रदेश समितिको बैठकबाट प्रस्तावित पोलिटब्युरो सदस्य आचार्यले दाङ जिल्ला इन्चार्जको जिम्मेवारी पाएका हुन । त्यस्तै यसअघि जिल्ला इन्चार्ज भएका जीवन गौतम एमाले प्रवेश गरेपछि आचार्यले जिल्ला इन्चार्जको जिम्मेवारी पाएका हुन । आचार्य दाङ जिल्लाका स्थापित नेता हुन् । दोस्रो […]

नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ मा ५ जना सल्लाहकार नियुक्त,प्रबक्तामा न्यौपाने

दाङ । नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ देउखुरीले ५ जनालाई सल्लाहकारमा चयन गरेको छ । क्षेत्रिय समितीले १ जना प्रबक्ता र १ जनालाई आमन्त्रित क्षत्रिय सदस्यमा समेत चयन गरेको छ । नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ का क्षेत्रिय सभापती भेषराज पाण्डेयको अध्यक्षतामा सम्पन्न बैठकले सँगठनलाई सुदृढ गर्न सल्लाहकारहरु नियुक्त गरेको हो । क्षेत्रिय […]

कर्णाली प्रदेशमा माओवादीका दुई मन्त्रीद्वारा राजीनामा

सुर्खेत। कर्णाली सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएका छन्। आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले आइतबार दिउँसो मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष राजीनामा बुझाएका हुन् । माओवादी केन्द्रले मुख्यमन्त्री शाही समक्ष शुक्रबार मन्त्री विष्ट र सिंहलाई फिर्ता बोलाउन गरेको निर्णय पठाएको थियो । उक्त […]

चितवनमा सवारीसाधन तोडफोड गर्दै हिड्ने ५ जना बन्दकर्ता पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युष्टि पार्टीसहित ४ साना दलले घोषणा गरेको बन्दको अवज्ञा गरेको भन्दै चितवनमा बन्दकर्ताले ६ वटा सवारी साधनमा तोडफोड गरेका छन् भने ५ जना बन्दकर्ता पक्राउ परेका छन्। त्यस्तै चितवन प्रहरीका अनुसार बन्द आह्वानकर्ताले तीन वटा बस, दुई वटा ट्रक र एउटा कार तोडफोड गरी सामान्य क्षति पुर्‍याएका छन्। चितवन […]

नेकपा दाङ जिल्ला समितिद्वारा तत्काल पक्राउ परेका ८ जनालाई रिहाईको माग

दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङले तुलसीपुर र घोराहीबाट पक्राउ परेका पत्रकारसहित ८ जनालाई तत्काल रिहाइको माग गरेको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल बन्द शान्तिपूर्ण गर्ने र शान्तिपूर्ण तरिकाले नेता कार्यकर्ताहरू सडक, सहरमा उपस्थित भइरहेको सन्दर्भमा राज्य पक्षबाट अनावश्यक आतङ्कित पार्ने, भए र त्रास सृजना गर्ने जस्ता हर्कत गरेको भन्दै विरोध जनाएको […]

प्रतिनिधि सभाका लागि दाङ क्षेत्र नम्बर १ बाट मेरो उम्मेदवारीमा दाबी छ अनुराग खड्का

दाङ । नेपाली काङ्ग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्काका छोरा अनुराग खड्काले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बलियो उम्मेदवार भएको बताएका छन् । प्रतिनिधि सभा दाङ क्षेत्र नम्बर १ बाट बलियो उम्मेदवारको रूपमा खड्कालाई हेरिएको छ। गठबन्धन भएको खण्डमा कसले टिकट पाउने भन्ने भएपनि कांग्रेसको बलियो उम्मेदवारको रूपमा उनलाई हेर्न थालिएको […]

दाङमा बन्द गर्दै हिड्ने ८ जना बन्दकर्ता पक्राउ

दाङ । दाङमा बन्द गराउँदै डिड्ने ८ जना बन्दकर्ता पक्राउ परेका छन् । प्रहरीले घोराही र तुलसीपुरबाट ४/४ जनालाई नियन्त्रणमा लिएको हो । घोराही-१६ सर्रामा पसल बन्द गराउँदै हिड्ने चार जना र तुलसीपुरको बिरेन्द्र चोकमा सवारी साधान अवरोध गर्ने चार जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घोराहीबाट अखिल (क्रान्तिकारी) का जिल्ला संयोजक खुमन पौडेलसहित […]

बन्दकर्ताले बबई खोलाको पुल नजिकै बिहानै टिप्पर जलाए

दाङ । दाङमा बन्दकर्ताले बिहानै सवारीसाधनमा आगजनी गरेका छन् । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा बिहान बबई खोलाको पुल नजिक आगजनी गरेका हुन् । चारपाँच जनाको समुहमा रहेका व्यक्तिले टिप्परको अघिल्लो भागमा आगो झोसेर भागेका थिए । आगजनीका कारण टिप्परको अघिल्लो भाग जलेर नष्ट भएको छ । घटनास्थलमा प्रहरी पुगेको […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]