ओमप्रकाश गुप्ता सोमबार, माघ ०२, २०७९

दाङ । लुम्बिनी प्रदेशकाे सभामुखमा नेकपा माओवादीका तुलाराम घर्ती निर्विरोध निर्वाचित भएका छन् । भने उपसभामुखका लागि ३ जनाकाे मनाेनयन दर्ता भएको छ । स्थानीय राजधानी राप्ती उपत्यका देउखुरीमा रहेको प्रदेश सभा सचिवकाे कार्यकक्षमा साेमवार सभामुख र उपसभामुखकाे मनाेनयन दर्ता भएकाे हाे ।

त्यस्तै सुरुमा सत्तारुढ दलबाट सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खाँड केसीकाे मनाेनयन दर्ता भएकाे थियाे । सभामुखमा बेला ५ बजे सम्म कसैकाे मनाेनयन दर्ता नभएपछि घर्ती निर्विरोध निर्वाचित भएका हुन् । सभामुखकाे प्रस्तावकमा एमालेका नेता तथा प्रदेश सभा सदस्य भूमिश्वर ढकाल र राप्रपा संसदिय दलका नेता आशिष कुमार चाैधरी समर्थक रहेका छन् । उपसभामुखकाे प्रस्तावकमा नेकपा माओवादी केन्द्रका नेता तथा प्रदेश सभा सदस्य इन्द्रजित थारु र समर्थकमा जनमत पार्टीका संसदीय दलका नेता चन्द्रशेक गुप्ता रहेका छन् ।

त्यसपछि नेपाली कांग्रेसले उपसभामुखमा मात्रै र नागरिक उन्मुक्ति पार्टीले पनि उपसभामुख पदमा मात्रै मनाेनयन दर्ता गराएको थियाे । नेपाली कांग्रेसबाट नवलपरासी निर्वाचन क्षेत्र नम्बर १(१) बाट निर्वाचित विश्वप्रेम पाठककाे उपसभामुखमा मनाेनयन दर्ता भएको छ ।कांग्रेसले सभामुखमा उम्मेदवारी दिएकाे छैन । कांग्रेसका विश्वप्रेम पाठककाे प्रतावकमा प्रदेश सभा सदस्य वसीउद्दिन खाँ र सर्थकमा राजु खनाल रहेका छन् ।यस्तै उपसभामुखमा नागरिक उन्मुक्ति पार्टीकिकी रुपन्देही जिल्ला निवासी निर्मलादेवी चाैधरीकाे मनाेनयन दर्ता भएको छ ।

प्रस्तावकमा प्रदेश सभा सदस्य नरमायाँ ढकाल र समर्थकमा संसदिय दलका नेता धर्म चाैधरी रहेका छन । सत्तारुढ दलबाट नागरिक उन्मुक्ति बाहिरिएको संकेत छ ।`दुई वटा मन्त्रालयमा सहमति थियाे । तर, हामीले भनेकाे जस्तो भएन´संसदिय दलका नेता चाैधरीले भने-´हामीलाई माओवादी, एमाले, कांग्रेस सबैकाे समर्थन मिल्छ ।´ भाेली उपसभामुख चयनका लागि निर्वाचन हुने प्रदेश सचिव दुर्लभकुमार पुनले जानकारी दिएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]