
pku
Sgr
Ggp
Unsku
Rgp1
Srbpu
Rgp
Pbu
Lnp

Sbs
Pvg
Sls
Rsb
Ggd
Bbbpu
Wsp
nsb
Vor
Bbu
Hal
Tsm
Rgu
Gst
Ssm
Asm
Rgs
Rgu
Ksm

Ptm
Mks
Syp
Bml
Abd
Pls
Gsb
sab
Rmb
bbt
Rpp
Jmb
Jmb
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाएका छन् । आज दिउँसो बसेको प्रदेश सभाको चौथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत पाएका हुन् ।
नेपालको संविधानको धारा १८८ को उपधारा(१) तथा लुम्बिनी प्रदेश नियमावली २०७९ को नियम १४५ को उपनियम(४) बमोजिम बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिए । ८ राजनीतिक दल र दुई स्वतन्त्र सांसदगरी ५७ जनाले पक्षमा मतदान गर्दै गिरीलाई विश्वासको मत दिएका छन् ।
मुख्यमन्त्री गिरीलाई एमालेकाे २९, माओवादी केन्द्रकाे ८, राप्रपा र नागरिक उन्मुक्ति पार्टीकाे ४–४, जसपा, लोसपा र जनमतका ३–३, नेकपा एकीकृत समाववादी १ र २ स्वतन्त्र सांसदहरुको सहित ५७ जनाले पक्षमा मतदान गेका छन् । नेकपा माओवादी संसदीय दलका नेता जाेखबहादुर महराकाे आमाकाे निधन भएपछि उनी उपस्थीत भएनन् । सभामुख पनि मतदानमा सहभागी भएनन् । जसले गर्दा विश्वासकाे मत ५७ र विपक्षमा २८ मत खस्याे ।
त्यस्तै सरकार गठनमा पक्षमा नरहेकाे एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्य भगवती अधिकारीले विश्वासकाे मत भने मुख्यमन्त्री लिला गिरीलाइ दिइन । छलफल र समाझदारीका आधारमा उनले विश्वासकाे मत दिएकी हुन्। मुख्यमन्त्री गिरीको विपक्षमा नेपाली कांग्रेसको २७ र राष्ट्रिय जनमोर्चाको एक गरी विपक्षमा २८ जनाले मतदान गरेका छन् ।
यस्तै मुख्यमन्त्रीले कुनैपनि बखत आफूमाथि विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्तमानेमा विश्वासको मतका लागी प्रदेश सभा समक्ष प्रस्ताव राख्ने सक्ने प्राब्धान संविधानमा छ । मुख्यमन्त्री लिला गिरीले प्रदेशलाई समृद्ध बनाउन साझा उद्देश्यका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रदेशसभामा कुल सदस्य : ८७
उपस्थिति संख्या : ८६
मतदानमा सहभागी : ८५
पक्षमा : ५७
विपक्षमा : २८
