Sidha Patra सोमबार, माघ ०२, २०७९

दाङ । नेपाली काङ्ग्रेस राप्ती गाउँपालिकाले सोमबार शहिद श्रीनारायण चौधरीको २२ औं स्मृती दिवस मनाएको छ । राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटमा रहेको शहिद श्रीनारायण चौधरीको शालिकमा माल्यापर्ण गरि दिवस मनाइएको हो ।पालिका सभापति विद्याशरण चौधरीको अध्यक्षता एवम् पार्टीका जिल्ला सभापति शंकर डाँगीको प्रमुख आथित्यता तथा लुम्बिनी प्रदेश सदस्य देवनारायण चौधरीको विशिष्ट आथित्यतामा भएको स्मृती दिवस कार्यक्रममा बोल्ने वक्ताहरूले स्वर्गीय श्रीनाराण चौधरीले समाज परिवर्तनका लागि ठुलो योगदान पुर्‍याएको स्मरण गराउँदै शहिदको प्रचारप्रसार गरेर मात्र सपना पूरा नहुने भन्दै चौधरीले देखाएको बाटोमा हिड्न सक्नुपर्ने बताएका थिए । उनको दिंवगतले पार्टी रहेपनि नरहेपनि उनको स्नेह रहि रहने बताएका थिए ।कार्यक्रममा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य देवनारायण चौधरी, क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति भेषराज पाण्डे लगायतका वक्ताहरूले बोलेका थिए । पार्टीका राप्ती गाउँपालिका उपसभापति श्यामा रावतको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन सचिव तिर्थराज ज्ञवालीले गरेका थिए । तत्कालिन क्षेत्रिय सभापति श्रीनारायण चौधरीका तत्कालिन विद्रोही पक्षले हत्या गरेका थिए । स्मृति दिवस कार्यक्रममा जिल्ला स्तरका नेता कार्यकर्ता, शहिद श्रीनारायण चौधरीका आफन्तजन लगायतको सहभागिता रहको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]