
Rgp
Srbpu
Lnp
Rgp1
Unsku
Ggp
pku
Pbu
Sgr

Asm
Bbbpu
Sls
nsb
Bbu
Rgu
Sbs
Ggd
Ssm
Rgs
Gst
Pvg
Vor
Hal
Rsb
Rgu
Ksm
Tsm
Wsp

bbt
Rmb
Ptm
Jmb
Syp
Pls
Mks
Bml
Jmb
Abd
Gsb
sab
Rpp
दाङ । नेपाली काङ्ग्रेस राप्ती गाउँपालिकाले सोमबार शहिद श्रीनारायण चौधरीको २२ औं स्मृती दिवस मनाएको छ । राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटमा रहेको शहिद श्रीनारायण चौधरीको शालिकमा माल्यापर्ण गरि दिवस मनाइएको हो ।
पालिका सभापति विद्याशरण चौधरीको अध्यक्षता एवम् पार्टीका जिल्ला सभापति शंकर डाँगीको प्रमुख आथित्यता तथा लुम्बिनी प्रदेश सदस्य देवनारायण चौधरीको विशिष्ट आथित्यतामा भएको स्मृती दिवस कार्यक्रममा बोल्ने वक्ताहरूले स्वर्गीय श्रीनाराण चौधरीले समाज परिवर्तनका लागि ठुलो योगदान पुर्याएको स्मरण गराउँदै शहिदको प्रचारप्रसार गरेर मात्र सपना पूरा नहुने भन्दै चौधरीले देखाएको बाटोमा हिड्न सक्नुपर्ने बताएका थिए । उनको दिंवगतले पार्टी रहेपनि नरहेपनि उनको स्नेह रहि रहने बताएका थिए ।
कार्यक्रममा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य देवनारायण चौधरी, क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति भेषराज पाण्डे लगायतका वक्ताहरूले बोलेका थिए । पार्टीका राप्ती गाउँपालिका उपसभापति श्यामा रावतको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन सचिव तिर्थराज ज्ञवालीले गरेका थिए । तत्कालिन क्षेत्रिय सभापति श्रीनारायण चौधरीका तत्कालिन विद्रोही पक्षले हत्या गरेका थिए । स्मृति दिवस कार्यक्रममा जिल्ला स्तरका नेता कार्यकर्ता, शहिद श्रीनारायण चौधरीका आफन्तजन लगायतको सहभागिता रहको थियो ।
