टेकबहादुर पुन/जिल्ला ब्युरो शुक्रबार, माघ ०६, २०७९

दाङ । लुम्बिनी प्रदेश सरकारले राजधानी ब्यबस्थापनका लागी स्थानिय नेतृत्व सँग छलफल तथा अन्तरक्रिया गरेको छ ।

शुक्रबार मुख्यमन्त्रि तथा मन्त्रि परिषदको कार्यालयले आयोजना गरेको अन्तरक्रियामा मन्त्रालय ब्यबस्थापन सम्बन्धी छलफल भएको हो । राजधानी परिसर भित्र मन्त्रालयका भवन निर्माणको चरणमा रहेकाले तत्कालका लागि ब्यबस्थापनको उपाए खोज्न छलफलको आयोजना गरिएको मुख्यमन्त्रि लिला गिरीले बताए ।

लुम्बिनी प्रदेशमा नया सरकारले मन्त्रालय घटाएर १० मन्त्रालय बनाउने तयारी अन्तिम चरणमा छ । यो भन्दा अघि प्रदेशमा १३ मन्त्रालय थिए । जसमध्य हालसम्म राजधानी परिसर भित्र ६ वटा मन्त्रालय स्थापना भएर कामकाज शुरु गरिसकेका छन । मुख्यमन्त्रि तथा मन्त्रि परिषदको कार्यालय, बन तथा वातावरण मन्त्रालय, यातायात, उद्योग, पर्यटन तथा भुमि ब्यबस्था मन्त्रालय, भौतिक पुर्बाधार बिकास मन्त्रालय, आर्थिक मामिला मन्त्रालय र आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय स्थापना भईसकेका छन । यो भन्दा अघि स्वास्थ्य मन्त्रालय सिसहनियामा स्थापना भईसकेको छ । भने सामाजिक बिकास मन्त्रालय, जलस्रोत ब्यबस्था, ग्रामिण तथा शहरी बिकास मन्त्रालय र कृषि तथा सहकारी मन्त्रालयलाई राजधानी परिसर बाहिर स्थापना गर्ने प्रदेश सरकारले तयारी थालेको छ ।

मन्त्रालय ब्यबस्थापनका लागि स्थानिय सरकार नेतृत्व तथा राजनितिक दलहरुले सकारात्मक धारणा ब्यक्त गरेका छन । जसले गर्दा केही मन्त्रालय लमहीमा स्थापना हुने सम्भावना बढेर गएको छ । देउखुरीको एकमात्र प्रमुख बजार मध्यमा पर्ने लमहीमा सरकारी तथा संघ सँस्थाका पर्याप्त भवन भएकाले लमहीमा मन्त्रालय स्थापनाको सम्भावना बढेको हो । देउखुरीका अन्य स्थानमा पर्याप्त भबन नभएकाले पनि लमहीमा मन्त्रालय स्थापनाका लागि सहमती भएको छ ।

लमही नगरपालिकाका मेयर जोगराज चौधरीले लमहीमा मन्त्रालयका लागि पर्याप्त भवन भएको र त्यसको लागि आफू लागिपर्ने बताए । उनले लमहीमा पुर्बाधारहरु थुप्रै भएको बताउँदै मन्त्रालयका लागि लमही स्थित ब्यापारिक भवन र नगरबिकाश समितीको भवन पनि उपलब्ध गराउन सकिने प्रतिबद्धता ब्यक्त गरे । लमहीमा मन्त्रालय स्थापनाका लागि आफुपनि सकारात्मक रहेको लमही नगरका निबर्तमान मेयर कुल बहादुर केसीले बताए । ‘पुर्बाधारका लागि हामी मिलेर हल गर्न सक्छौ, मन्त्रालयका लागि लमही उपयुक्त क्षेत्रपनि हो केसीले भने-लमही देउखुरीको प्रमुख बजार पनि हो, हामी कुनै कुरामा कञ्जुस नगरी सहयोग गर्न तयार छौँ ।’ लमहीमा मन्त्रालय स्थापनाका लागि राप्ती गाउँपालिका, गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा चौधरी र राजनितिक दलहरुले सहयोग गर्ने बताएका छन ।

राजधानीका लागि यसै क्षेत्रका संघसँस्था, स्थानिय सरकार, राजनितिक दल लगायतले सहयोग गरे राजधानीको काम तिब्र रुपले अघि बढ्ने मुख्यमन्त्रि लिला गिरीले बताए । स्थापना भईसकेको राजधानी अनेत्र नसर्ने बिश्वास दिलाउँदै मुख्यमन्त्रि गिरीले प्रदेश सरकारको सम्पुर्ण काम अब देउखुरी बाटै हुने प्रतिबद्धता ब्यक्त गरे । ‘७ मन्त्रालय स्थापना भईसके, अब ३ बाँकी छन, त्यो पनि छिट्टै स्थापना हुनेछ मुख्यमन्त्रि गिरीले भने-मन्त्रालय भबनको टेण्डर भएर निर्माण प्रक्रियामा छन, तत्कालका लागि सबैको सहयोगको खाँचो छ, देउखुरीबाटै सेवा दिउँ भन्ने हाम्रो उद्वेस्य हो ।’मुख्यमन्त्रि गिरीले बुटवल र घोराही जानू भन्दा सेवा ग्राहीलाई लमही नै पायक पर्ने बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]