तुलसीपुर स्थित प्रादेशिक अस्पतालमा आइसियु भवन निर्माण सुरु

दाङ /तुलसीपुर स्थित राप्ती प्रादशिक अस्पतालमा सघन उपचार कक्ष (आईसियु) भवन निर्माण सुरु भएको छ । भवन निर्माण कार्यको शनिबार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सिलन्यास गरेका थिए । भवन नहुँदा आईसियु सेवा सञ्चालन हुन सकेको छैन । उपमहानगरपालिकाको २१ लाख ४४ हजार ५ सय ७५ रुपैँया लगानीमा आइसियु भवन निर्माण कार्य सुरु भएको हो […]

देउखुरीको गढवामा निशुल्क बाल स्वास्थ्य शिबिर सम्पन्न

दाङ । क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी नेपाल) ले गढवामा निशुल्क बाल स्वास्थ्य शिबिरकाे आयाेजना गरेको छ । शिबिरमा गढवा गाउँपालिकाबाट बिभिन्न वडाका ५ सय ९० जना बालबालिकाले स्वास्थ्य जाचँ गराएका थिए। गढवा–५, धर्मपुर निवासी सुनिता चौधरी आफ्नो २ वर्षिया सोनम चौधरीलाई चार दिन देखि ज्वरो आएपछि उनी बाल स्वास्थ्य शिबिरमा आएकि थिईन । “बाल स्वास्थ्य […]

सरकारले थप ५० लाख डोज कोरोना खोप खरिदका लागि गर्‍यो प्रक्रिया सुरु

काठमाडौं । सरकारले थप ५० लाख डोज कोरोना खोप खरिदका लागि प्रक्रिया सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिमा थप खोप खरिदका लागि प्रक्रिया सुरु भइसकेको जानकारी दिनु भयो । ‘थप ५० लाख डोज खरिदका लागि प्रक्रिया शुरु गरिसकेका छौं’ अर्यालले बैठकमा भन्नु […]

पुर्ण खोप घोषणा तथा दिगोपनाको योजना तयारी बैठक लमही ७ मा सम्पन्न

दाङ । राष्ट्रिय खोप कार्यक्रम वडा स्तर तथा सरसफाइ प्रवर्द्धन कार्यक्रमको समिक्षा र पुर्ण खोप घोषणा तथा दिगोपनाको योजना तयारी बैठक वडा स्तरको सुक्ष्म योजना कार्यक्रम मंगलबार लमही नगरपालिका वडा नम्बर ७ को कार्यालयमा सम्पन्न भएको छ । सो वडाका वडा अध्यक्ष मोहन गिरीको अध्यक्षतामा बसेको बैठक कार्यक्रममा कोभिड १९ र खोप सम्बन्धि सतबरिया स्वास्थ्य […]

घोराहीको बुद्ध इन्टरनेशनल हस्पिटलमा ३५ एमएमको पित्त थैलीको सफल अपरेशन

दाङ । घोराहीको बुद्ध इन्टरनेशनल हस्पिटलमा ३५ मिलिमिटर (३५ एमएम) को पित्त थैलीमा रहेको पत्थरीको सफल अपरेशन भएको छ । हस्पिटलमा पहिलो पटक सबै भन्दा ठूलो ३५ एमएमको पित्त थैलीको अपरेशन गरेको अस्पतालले जनाएको छ । घोराही उपमहानगरपालिका वडा नं. १५ रतनपुर बस्ने ३५ बर्षीया महिलाको अप्रेशन भएको हो । हस्पिटलका प्रमुख कार्यकारी अधिकृत बालाराम […]

कोरोना विरुद्धको खोप भारतीय प्रधानमन्त्री मोदीले सोमबार लगाए

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस विरुद्धको खोप लगाउनु भएको छ । उहाँले आज बिहान एम्स अस्पतालमा कोरोना विरुद्धको खोप लगाउनु भएको हो । समाचार एजेन्सी एएनआईका अनुसार मोदीले स्वदेशमै उत्पादित कोभ्याक्सिन खोपको पहिलो डोज लिउनु भएको हो । कोभ्याक्सिन भारतीय कम्पनी वायोटेकले उत्पादन गरेको थियो । यस्तै भ्याक्सिन लगाएपछि प्रधानमन्त्री मोदीले ट्वीटरमा […]

अस्पतालमा सुत्केरी अनिसाको मृत्यु भएपछि,प्युठानमा नाराबाजी

प्युठान । प्युठान अस्पतालमा शल्यक्रियाबाट सुत्केरी भएकी झिमरुक गाउँपालिका वडा नम्बर ७ तुषारा निवासी २४ वर्षीया अनिसा एम.सी.थापाको मृत्यु भएपछि परिवारका सदस्य र आफन्तले अस्पताल परिसरमा भेला भएर विरोध प्रदर्शन गरेका छन् । डाक्टरको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै उनीहरुले नाराबाजीसहित प्रदर्शन गरेका हुन् । अनिसाको तस्वीर अंकित ब्यानरसहित प्रदर्शनमा उत्रिएकाहरुले ‘अनिसालाई न्याय दे’ […]

हात्तीपाइले रोग विरुद्धको औषधी दाङ सहित १२ जिल्लामा खुवाइने

काठमाडौं । सरकारले राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम अन्तर्गत ५ वटा प्रदेशका १२ वटा जिल्लामा औषधि खुवाउने भएको छ । चैत २० गतेदेखि झापा, मोरङ,धनकुटा,बारा,लम्जुङ,पर्वत,बाग्लुङ,दाङ, कपिलवस्तु,बाँके,बर्दिया र कैलालीमा मसान्तसम्म आम औषधि खुवाउने कार्यक्रम तय भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख कृष्ण पौडेलले बताउनु भयो । त्यस्तै यस अघि फागुन २९ गतेदेखि आम औषधि खुवाइने […]

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वभर २५ लाख नाघ्यो

काठमाडौं । विश्वमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २५ लाख नाघेको छ । हालसम्म कोरोनाका कारण २५ लाख ८ हजारभन्दा धेरैको ज्यान गएको वर्ल्डओमिटरले जनाएको छ । त्यस्तै विश्वमा ११ करोड ३१ लाखभन्दा धेरैलाई कोरोना भाइरसको संक्रमण भएको छ । यसमध्ये आठ करोड ८७ लाखभन्दा धेरै निको भएका छन् । यस्तै कोरोनाका कारण […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]