दाङ । अहिले देशैभर डेंगुको संक्रमण बढीरहेको छ । गएका वर्षहरुमा पनि असोज र कात्तिक महिनामा डेंगुको संक्रमण धेरै बढेको पाइएको थियो भने यो वर्ष असोज महिना नलाग्दै डेंगुको संक्रमण फैलिरहेको छ । यसैलाइ मध्यनजर गर्दै दाङको देउखुरीमा देउखुरी मोबाइल व्यवसायी संघले तिब्रगतिमा फैलिरहेको डेंगु रोग नियन्त्रण गर्न सरसफाई अभियान सुरुवात गरेको छ । संघले […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका अन्तरगतका सरकारी कार्यालय परिसरहरुमा साप्ताहि सरसफाइ कार्यक्रमको लागि गाउँपालिकाले ल्याएको नयाँ निति नियम अनुसार शुक्रबार पहिलो दिन सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । यहीँ असोज महिनाको दुई गते आइतबारको दिन राजपुर गाउँपालिकाको नियमित कार्यपालिकामा बसेको बैठकले प्रत्येक हप्ताको शुक्रबार गाउँपालिकाको मातहत अन्तरगतका कार्यालय परिसर भित्रमा सरसफाइ गर्नु पर्ने निर्णय अनुरुप […]
मकवानपुर । बागमती प्रदेशमा डेंगू सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्याङ्क अनुसार उक्त सङ्क्रमणका कारण मकवानपुर सहित अन्य छ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका प्रमुख महेश्वर श्रेष्ठले डेँङ्गुबाट काठमाडौँमा चार,ललितपुरमा दुई, सिन्धुपाल्चोकमा दुई,मकवानपुरका एक,सिन्धुलीमा एक जना र धादिङमा एक जनाको मृत्यु भएको […]
काठमाडौं । १०४ डिग्रीसम्म ज्वरो आउने, शरीर असाध्यै दुख्ने,आँखाको गेडी दुख्ने,ढाडको तल्लो भाग कट्कट् खाने,खुट्टाको जोर्नी एकदमै दुख्ने, खान अमन र वान्ता हुने लक्षण देखिएपछि कोटेश्वर बस्ने ३० वर्षीय रूपक श्रेष्ठ एमएस हेल्थ कियर एण्ड ग्यास्ट्रो सेन्टर पुगे । डेंगुको आशंका गर्दै उनलाई सेन्टरले परीक्षण शुल्क २५०० रुपैयाँ असुल्यो । श्रेष्ठ एक प्रतिनिधि पात्र हुन् […]
दाङ । स्वास्थ्य क्षेत्रमा गरेको कामको उत्कृष्टताको आधारमा दाङका १० वटा पालिकामध्ये राप्ती गाउँपालिका उत्कृष्ट घोषित भएको छ । स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठीका अवसरमा स्वास्थ्य कार्यालय दाङले जिल्लाका अरु पालिकामध्ये राप्ती गाउँपालिकाले स्वास्थ्यका विभिन्न सूचकहरु गत वर्षको कार्यक्रममा अरु पालिकामध्ये सबै भन्दा राम्रो बनाएको आधारमा सोमबार कार्यक्रमका बीच पहिलो भएको घोषणा गर्दै […]
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ८ कोइलाबासमा रहेको आँखा उपचार केन्द्रमा सोमबार नि:शुल्क एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ,लमही आँखा अस्पताल लमही को प्राविधिक सहयोग र एनएवीपी नर्वे आइकेयरको आर्थिक सहयोग तथा गढवा गाउँपालिका वडा नम्बर ८ को आयोजनामा उक्त नि:शुल्क आँखा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको […]
दाङ । देउखुरीको राजपुर गाउँपालिकामा सुआहारा दोस्रो कार्यक्रम सिकाइ आदानप्रदान सम्बन्धि कार्यशाला गोष्ठी कार्यक्रम शुक्रबार एक कार्यक्रमको बीचमा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अध्यक्ष बुढाथोकीले राजपुर गाउँपालिकामा सुआहारा कार्यक्रमले स्वास्थ्य,शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण कार्य गरेको बताउनु भयो ।त्यस्तै आफू भरखरै निर्वाचित भएर आएको हुँदा यस कार्यक्रमसंग धेरै सहकार्य […]
दाङ । दाङमा डेंगुबाट संक्रमित एक जना महिलाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमका अनुसार घोराही उपमहानगरपालिका पडा नम्बर १४ बालमन्दिर रोडस्थित ४० वर्षीया माया बिसी वलीको डेंगुबाट मृत्यु भएको हो । वलीलाई भदौ २६ गते डेंगु पुष्टि भएको थियो । स्वास्थ्य असहज बन्दै […]
दाङ । दाङको राप्ती गाउँपालिकामा आशाका किरण संस्थाले सञ्चालन गरेको १ हप्ते सरसफाई सचेतना कार्यक्रम सोमबार राप्ती गाउपालिका २ लालमटियामा सम्पन्न भएको छ ।पहिलो चरणको अभियान सम्पन्न गरेको संस्थाले राप्ती गाउँपालिकाद्वारा सञ्चालित सरसफाई महाअभियानलाई समर्थन जनाउँदै सो अभियानलाई व्यापक बनाउने बताएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानीको प्रमुख बजार भालुवाङ सहितका अन्य बजार क्षेत्रमा फोहोर […]