
Rgp1
Gfs
Srbpu
Sgr
Lnp
sbs
cjs
Rgp
Ggp
pku
Pbu
Unsku
Djs
Pes

Ggd
Rgu
Tsm
Rgs
Sls
Pvg
nsb
Asm
Ssm
Rgu
Bbu
Gst
Wsp
Rsb
Vor
Bbbpu
Hal
Sbs
Ksm

sab
Abd
Mks
Rpp
Bml
Jmb
Jmb
Rmb
Ptm
Pls
Syp
Gsb
bbt
दाङ । बिश्व क्षयरोग दिवस–२०८१ को सन्दर्भमा लुम्बिनी प्रदेश सरकार स्वास्थ्य निर्देशनालयको आयोजनामा क्षयरोग नियन्त्रणमा सरकारले गरेका प्रयासहरु एक कार्यक्रम बिच सोमबार सार्वजनिक गरिएको छ ।
प्रदेश निर्देशनालयका निर्देशक रोशनलाल चौधरीको अध्यक्षथतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका १२ जिल्लाका स्वास्थ्यकर्मि, सरोकारवाला तथा पत्रकारहरुको बिचमा प्रदेश सरकारको तथ्यांक र प्रयासका पहलहरुका बारेमा कार्यक्रम गरिएको हो ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश सरकार माताहतका १२ जिल्लामा ८ हजार ४ सय ४४ नागरिकहरुमा क्षयरोगको संक्रमण भएको बताइएको छ । जसमध्ये रुपन्देहीमा सबैभन्दा बढी २ हजार १२ जनामा क्षयरोग संक्रमण देखिएको छ भने दोश्रो जिल्ला दाङमा १ हजार ४ सय १५ जनामा संक्रमण देखिएको प्रदेश सरकारको तथ्यांकले बताएको छ ।
त्यसैगरी बाँकेमा १ हजार १ सय ८२ जना, कपिलवस्तुमा ९ सय ७८ जना, बर्दियामा ७ सय ३० जना,पाल्पामा ३ सय ६३ जना,पश्चिम नवलपरासीमा ५ सय २० जना,अर्घाखाँचीमा २ सय २५ जना, गुल्मीमा २ सय ६३ जना, प्यूठानमा ३ सय ८६ जना, रोल्पामा ३ सय १२ र पूर्वि रुकुममा ५८ जना क्षयरोगका संक्रमित भएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक रहेको छ ।
कार्यक्रममा क्षयरोग नियन्त्रणमा सरकारले गरेका प्रयासहरु र आगामी योजनाहरुका बारेमा जानकारी गराइएको हो । क्षयरोग नियन्त्रण गर्न तिनै तहका सरकारहरुले अभियान सञ्चालनकालागि प्रभावकारीता दिन कार्यक्रमका बक्ताहरुले जोड दिएका हुन् । क्षयरोग नियन्त्रणमा सरकारको अभियान औपचारिकतामा मात्र सिमित भएमा यसले सार्थक रुप लिन नसक्ने कार्यक्रमका बक्ताहरुको जोड रहेको थियो ।
कार्यक्रममा क्षयरोग सम्बन्धित २९ देखि ३० हजार नागरिकहरु उपचार विहिन भएको तथ्यांक सार्वजनिक गरिएको थियो । क्षयरोग नियमित औषधी सेवन गरे निको हुने र औषधि खाईरहेका नागरिकबाट पनि सर्ने बताइउको थियो । यो माईक्रो ब्याक्टेरियम ट्यूवरक्लोसिस नामको किटाणुबाट क्षयरोग अर्थात् टिबि रोग लाग्ने र आम नागरिकहरुमा टिबी रोगका किटाणु हुने तर उमेर ढल्किदै जाँदा देखापर्दै जाने खतरा भएको प्रदेश निर्देशनालयका डा. अच्युत न्यौपानेले जानकारी दिए ।
कार्यक्रममा डा. न्यौपानेले लुम्बिनी प्रदेश सरकारबाट क्षयरोग निदानमा भएका प्रयासहरु, अवसर र चुनौतीका बारेमा समेत प्रस्तुतिकरण राखेका थिए । क्षयरोग नियन्त्रण र उपचारका लागि दाङ जिल्लाका धेरै पालिकाहरुमा संयन्त्र निर्माण गरिसकिएकोले कूल ५० वटा डट्स केन्द्रहरु २० वटा माईक्रोसकोपि केन्द्र तथा तुलसीपुर प्रादेशिक अस्पताल, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान र लमही अस्पतालमा गरि ३ स्थानहरुमा जिन एक्सपर्ट केन्द्र सञ्चालनमा आएको बताइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लामा क्षयरेगिको संख्या घट्न सकेको छैन । चालु आबको हालसम्म जिल्लामा क्षयरोगधका कारण २७ जनाको मृत्यु भैसकेको छ । कार्यक्रममा स्वास्थ्य निर्देशनालयका नर्सिङ प्रशासक इश्वरी केसीले क्षयरोग नियन्त्रणमा प्रदेश सरकारले गरेका उपलब्धिहरु तथा चुनौतिहरुका बारेमा बोलेकि थिइन् । पत्रकारहरुले छलफलमा आ–आफ्ना जिज्ञासाा राखेका थिए ।

