
Ksbus
Ggp
Rgp
Msbus
Asbus
Ksbus
Ggp
Sdc
Lnp


दाङ । मधुमेह,रक्तचाप र मृगौला रोग सम्बन्धी प्रचारप्रसार तथा स्क्रीनिङ एक दिने अभिमुखिकरण कार्यक्रम मंगलबार राजपुरको ४ नम्बर वडा कार्यालमा सम्पन्न भएको छ ।
राजपुर गाउँपालिका वडा नम्बर -४ का वडा अध्यक्ष रामेश्वर अहिरको अध्यक्षता तथा जिल्ला स्वास्थ्य कार्यालय दाङका जनस्वास्थ्य अधिकृत मनिषा गैरेको प्रमुख आतिथ्यमा एवं जिल्ला स्वास्थ्य कार्यालय दाङका ल्या.टे.नि. उज्ज्वल कुमार पौडेलको विशिष्ट अतिथिमा कार्यक्रम भएको हो ।
अनमी रुपा वली को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालय दाङका ल्या. टे.नी.पौडेलले मधुमेह,रक्तचाप,मृगौला रोगका सम्बन्धमा प्रष्ट पार्नु हुँदै बढदो जनसंख्यालाई ब्यबस्थापन गरि प्रभावकारी रोग नियन्त्रण गर्ने उद्देश्यले प्रदेश सरकारले यो कार्यक्रमको आयोजना गरेको र यो कार्यकम राजपुरको ४ नम्बर वडामा भएकोले यस सम्बन्धमा उपस्थित सबैले समाजमा सचेतना फैलाउन पर्ने बताए ।
यसैबिच मधुमेह,रक्तचाप र मृगौला सम्बन्धी नियमित औषधि सेवन नगरेका ४० वर्ष माथीका राजपुर – ४ नम्बर वडाबासी सबैको चेकजाँच यही चैत्र १३ गते राजपुर गाउँपालिका वडा नम्बर ४ को कार्यालयमा हुने भएको छ । चेकजाँचलाई थप ब्यबस्थित गर्न र समय तालिकाबारे जानकारी दिनका निम्ति उक्त वडाका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई जिम्मेवारी समेत प्रदान गरिएको छ ।
राजपुर गाउँपालिका सिनिअर अनमी विष्णा पन्डितद्वारा संचालित कार्यक्रमको समापन गर्दै वडा अध्यक्ष रामेश्वर अहिरले पहिले यस्तो रोग लाग्ने नगरेपनि अहिले विभिन्न प्रकारका रोग लाग्ने गरेपनि सबै होशियार रहन आग्रह गर्दै आफ्नो वडामा कार्यक्रम गरेकोमा आयोजकप्रती धन्यवाद व्यक्त गरे । कार्यक्रममा उधोग/ व्यापारी पप्पु कुमार झा, सिनिअर अनमी राजपुरका विष्णा पन्डित , अहेव केदार गोराथोकी,अनमी रुपा वली,वडा सदस्य प्रेमकुमारी हरिजन लगायत म.स्वा.स्वयंसेविकाको उपस्थिति रहेको थियो ।

