
Ksbus
Rgp
Ggp
Msbus
Ggp
Lnp
Sdc
Asbus
Ksbus


दाङ । शल्यक्रिया सहितको आमा सुरक्षित कार्यक्रमको स्वीकृति पाए सँगै भालुबाङ अस्पतालमा पहिलो पटक शल्यक्रिया (सिजेरियन सेक्शन) मार्फत सुरक्षित रूपमा शिशुको जन्म भएको छ ।
अस्पताल अपग्रेड भएपछि गरिएको यो शल्यक्रिया MDGP डा. रण बहादुर बोगटी नेतृत्वको असिस्टेन्ट सर्जन सञ्चिता खड्का, सिनियर स्टाफ नर्स चण्डिका अधिकारी,Senior anesthetic मधु कुमार सुनार टीमले सफलतापूर्वक सम्पन्न गरेको हो। यहिँ फागुन १७ गते राति १२ बजे शल्यक्रियामा जन्मिएको शिशु र आमा दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
त्यस्तै उनीहरूलाई एक-दुई दिनमै डिस्चार्ज गरिनेछ। भालुबाङ अस्पतालका इन्चार्ज,MS Orthopaedic डा. आकाश बेलबासेका अनुसार, अस्पतालमा पहिलो पटक सिजेरियन सेवा सुरु हुनु ठूलो उपलब्धि हो । उनले भविष्यमा थप सेवा विस्तार गर्दै लैजाने योजना रहेको जानकारी दिए । शल्यक्रिया नेतृत्व गरेका MDGP डा. रण बहादुर बोगटीले टिमवर्कका कारण शल्यक्रिया सफल भएको बताए ।
यस्तै “स्थानीय महिलाहरूलाई अब अन्यत्र जानुपर्ने झन्झट कम हुनेछ,” उनले भने । सुत्केरी आमाले अस्पतालको सेवाबाट आफू सन्तुष्ट रहेको बताउँदै उपचार सहज र सुरक्षित भएकोमा खुसी व्यक्त गरिन् । भालुबाङ अस्पतालको यो सफलता स्थानीय बासिन्दाहरूका लागि ठूलो राहतको विषय बनेको छ ।
