
cjs
Unsku
Rgp
pku
Ggp
Djs
Gfs
Lnp
Sgr
Rgp1
Pes
sbs
Srbpu
Pbu

Vor
Hal
Sls
Sbs
Rgu
Ksm
Bbu
Rsb
Rgu
Bbbpu
Wsp
Gst
Tsm
Ggd
Rgs
nsb
Pvg
Ssm
Asm

Syp
Ptm
Gsb
Rpp
Jmb
Abd
Jmb
bbt
sab
Mks
Pls
Rmb
Bml
दाङ । लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले लुम्बिनी प्रदेश सरकार विकास र समृद्धिको यात्रामा अगाडि बढिरहेको बताएका छन् ।
उनले लुम्बिनी प्रदेश सरकारको अनुभूति हुने गरी प्रदेशस्तरमा विकास निर्माणलाई अगाडी बढाइएको बताए । बिहिवार दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ डगमारानाकामा सामुदायिक स्वास्थ्य इकाई तथा वर्थिङ्ग सेन्टर भवनको उद्घाटन गर्न पुगेका मन्त्री न्यौपानेले यस्तो बताएका हुन् । कार्यक्रमलाई संबोधन गर्दै मन्त्रि न्यौपानेले जिल्लाको सबैभन्दा दुर्गम मानिने राजपुर गाउँपालिका अन्तरगत रहेको राष्ट्रिय गौरवको आयोजना पूर्वपश्चिम सीमा सडक जोडिएपछि यहाँ थुप्रै विकासका ढोका खुलेको बताए । लमही बजार, प्रदेश राजधानी देउखुरी र संघिय राजधानी काठमाडौँ जान हाल सहज भएको बताउँदै मन्त्री न्यौपानेले बिगतको अबस्था भन्दा धेरै सहज भईसकेको बताए ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्रि न्यौपानेले बिगतलाई सम्झिदै गाउँपालिका केन्द्र पुग्न भारतीय भुमि प्रयोग गर्दा दुई दिन लाग्ने बाध्यताबाट राजपुरबासीमा कच्चि सडकलेपनि सहजता थपिरहेको बताए । उनले सीमा सडकसँग जोडिएपछि यहाँको विकासले गति लिन थालेको छ । यहाँका सबैवटा वडालाई जोडेकाले स्थानीयलाई आवतजावतमा सहज भएको छ । हाम्रो प्रदेश पर्यटनको राम्रो सम्भावना छ । पर्यटकीय गन्तव्य उजागर गर्न प्रदेश सरकारले केन्द्र र स्थानिय सरकारसँग समन्वय गरिरहेको छ मन्त्री न्यौपानेले भने । ‘प्रदेशका विभिन्न जिल्लासँग जोडिएका महत्वपूर्ण गन्तव्यको पहिचान र प्रचारप्रसार गरी पूर्वाधार निर्माण थालिएको छ ।
राष्ट्रिय गौरवको आयोजना सीमा सडक जोडिएपछि ओझेलमा परेका पर्यटकीय गन्तव्य पनि प्रचारमा आउन थालेका छन् ‘मन्त्री न्यौपानेले भने-जिल्लाभित्र रहेका धार्मिक तथा पर्यटकीय स्थलको गुरुयोजना बनाउने र तिनीहरूको प्रचार र विकासका लागि लुम्बिनी प्रदेश सरकार योजनाबद्ध रूपमा लागेको छ ।’ उनले प्रत्येक स्थानिय तहमा सुविधा सम्पन्न अस्पताल स्थापना गरी स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्ने लुम्बिनी प्रदेश सरकारले योजना अगाडि सारेको तर्क राख्दैँ, विकट र दुर्गम बस्तीमा सामुदायिक स्वास्थ्य ईकाइमार्फत सेवा प्रवाह गर्ने विषयमा सरकार गम्भिर रहेको विचार ब्यक्त गरे ।
बिकाशको गतिले पछि परेको राजपुरमा सामुदायिक स्वास्थ्य इकाई तथा वर्थिङ्ग सेन्टर स्थापना भएपछि नागरिकमा केही खुसी छाएको छ । सामान्य उपचार समेत भारतको भर पर्नुपर्ने बाध्यता केही हदसम्म हल भएको हो । खासगरी सिमा नाकामा बसोबास गर्ने केही नाकाबस्तीहरुले उक्त स्वास्थ्य ईकाईबाट सेवा पाउने छन् । सुनपत्थरी, सिउरेनि, गम्भिरा, डगमारा, छेक्रिया, गन्धैलानाका गरि दुईसय ६० भन्दा बढि घरपरिवारले सेवा लिनेछन् । यो भन्दा अघि अत्यन्तै आपतकालिनको रुपमा लिने गरिएको प्रसुती सेवा समेत स्वास्थ्य ईकाईबाट पाईने भएपछि नागरिकमा खुसी छाएको छ । राजपुर गाउँपालिका वडा नम्बर ७ डगमारानाकामा पालिकाको ३० प्रतिशत र छायाँ नेपालको ७० प्रतिशतको संयुक्त लगानीमा सुबिधा सम्पन्न चारकोठे पक्की भवन निर्माण गरि स्वास्थ्य इकाईको स्थापना गरिएको हो ।
त्यस्तै यसअघि बाल ज्योति आधारभूत विद्यालयबाट स्वास्थ्य ईकाई सञ्चालनमा थियो । बिहिवार एक कार्यक्रमको आयोजना गरी सुबिधा सम्पन्न भवन छायाँ नेपालले राजपुर गाउँपालिकालाई हस्तान्त्रण गरेको हो । यसअघि सामान्य औषधि उपचार, नियमित खोप, परिवार नियोजन सेवा, पोषण कार्यक्रम, सुरक्षित मातृत्व सेवा लगायत विभिन्न सेवा यस स्वास्थ्य इकाईबाट सेवा प्रदान गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख कमल रोकायले बताए ।
यो संगै पालिकाको दुई वडामा सामुदायिक स्वास्थ्य इकाई तथा वर्थिङ्ग सेन्टर स्थापना गरिसकिएको र क्रमशः सबै वडामा सेवा पुर्याउने राजपुर गाउँपालिकाका अध्यक्ष शदर कुमार बुढाथोकीले बताए । ‘हाम्रो गाउँपालिका भौगोलिक रूपमा विकट छ, अध्यक्ष बुढाथोकीले भने,–। ‘बिकटताका कारण यहाँका नागरिकलाई सामान्य स्वास्थ्योपचार पाउन मुस्किल छ, अब हामी सहज होस भनेर काम गरिरहेका छौ ।’ गाउँपालिकामा वडास्तरीय स्वास्थ्य चौकी भए पनि भौगोलिक विकटताका कारण सेवा प्रवाहमा समस्या देखिएपछि सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष बुढाथोकीले बताए । नागरिकलाई सहज आधारभूत सेवा दिन हामीले पहल थालेका छौँ, आफू निर्वाचित भएर आएपछि पहिलो कार्यकालमा आफैँले सुरु गरेका स्वास्थ्य,शिक्षासँगै सडक,विद्युत्, पूर्वाधार लगायतका विकास पूरा गर्न पुनः योजनाबद्ध काम सुरु गरेको अध्यक्ष बुढाथोकीले बताए । ‘योजनाको प्राथमिकता निर्धारण गरेर योजनाबद्ध विकासमा ध्यान दिएको छु, विशेषगरी राजपुरलाई कृषिको हब बनाउने योजनामा लागेको छु, उनले भने ।
आपत्कालीन अवस्थामा सामान्य प्राथमिक स्वास्थ्योपचार नपाउँदा सीमा नाकामा अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको राजपुर गाउँपालिका उपाध्यक्ष धनपती देवि यादवले बताईन । सामान्य बाहेकका अन्य उपचार लिनका लागि भारत जानुपर्ने बाध्यता छ । ‘स्वास्थ्य इकाई तथा वर्थिङ्ग सेन्टर स्थापनाले सहज हुने बिश्वास छ, उनले भनिन्,–। ‘हामीले आधारभूत स्वास्थ्य सेवा पाउन नै कठिन थियो । सहरका अस्पताल पुग्न धेरै कठिन छ ।’ यता राजपुर गाउँपालिकाले वडा नम्बर ७ का नागरिकलाई सहज रुपमा स्वास्थ्यसँगै आधारभूत सेवा पुर्याउन भूमिका खेलिरहेको वडाध्यक्ष पुष्कर वलीले बताए । महिलाको स्वास्थ्यमा हुने समस्यालाई मध्यनजर गरेर पनि सामुदायिक स्वास्थ्य इकाई तथा वर्थिङ्ग सेन्टर स्थापना गरेको उनको भनाइ छ । ‘वडा नम्बर ७ मा हामीले सेवा प्रवाहमा सहजता थप्ने गरी काम गरेका छौँ । राज्यले दिएको सेवा सुविधा जनस्तरमा पुर्याउन लागिपरेका छौँ, उनले भने ।
कार्यक्रममा राजपुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेमन्त डाँगि, छाँया नेपालका कार्यकारी निर्देशक कमल थापा, भवन निर्माण समितिका अध्यक्ष डम्बर खड्का, युवा नेता पवन यादव लगायतकाले बोलेका थिए ।
राजपुर गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष पुष्कर वलीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण राजपुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कमल रोकायले गरेका हुन् । उक्त स्वास्थ्य इकाईमा तिनजना स्वाथ्यकर्मीहरुको दरबन्दी रहेको छ ।
