
pku
sbs
Sgr
Lnp
cjs
Djs
Ggp
Unsku
Gfs
Rgp1
Rgp
Srbpu
Pes
Pbu

Rsb
Rgu
Bbbpu
nsb
Ksm
Hal
Bbu
Sbs
Vor
Wsp
Sls
Rgu
Ggd
Gst
Asm
Rgs
Ssm
Pvg
Tsm

Pls
Ptm
Jmb
Jmb
sab
Bml
Mks
Gsb
bbt
Syp
Rmb
Rpp
Abd
दाङ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाल नेत्रज्योति संघले सञ्चालन गरेका आँखा अस्पतालहरुले दिएको सेवा प्रभावकारी तथा गुणस्तरीय भएको बताएका छन् ।
नेपाल नेत्रज्योति संघ,राप्ती आँखा अस्पतालले अस्पतालमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले तिनवटा आँखा अस्पताल सञ्चालन गरेको र सवै अस्पतालहरुले दिएको सेवा प्रभावकारी भएको बताए ।
‘आँखाको क्षेत्रमा तपाईहरुले दिएको सेवा प्रभावकारी छ, मैले अस्पतालपनि अवलोकण गरे सवै कुरा राम्रो देखे – स्वाथ्य मन्त्री पौडेलले भने । स्वास्थ्य मन्त्री पौडेलले नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालीत अस्पतालहरु गैरसरकारी भएपनि सामुदायिक अस्पतालहरु भएको भन्दै अस्पतालमा प्रयोग हुने चश्मा औषधीमा लाग्ने भ्याट छुट, उपकरण खरिदमा स्वास्थ्य मन्त्रालयले सहयोग गर्ने बताए । कार्यक्रममा आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीले नेपाल सरकारले दिने सेवा आफुहरुले दिएर नेपाल सरकारलाई सहयोग गरेको बताए ।
त्यस्तै उनले आफुहरुले सेवा दिदै आएको र नेत्रविशेषज्ञहरुको अभाव भएको भन्दै नेपाल सरकारले नेत्रविशेषज्ञहरु उपलव्ध गराएमा आफुहरुले त्यसको व्यवस्थापन गर्ने बताए । कार्यक्रममा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक डा.सम्शेर थापाले नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले स्थापना काल देखि पुर्याएको सेवा र भावि योजना र नेपालमा अन्धोपनको अवस्थाको विषयमा जानकारी गराउदै आँखा स्वास्थ्य कार्यक्रमले दृष्टिविहिन्ता न्यूनिकरणका लागि गरेका गतिविधि सहकार्य र अस्पतालको गुरुयोजना आगामी कार्यक्रमको बारेमा जानकारी गराएका थिए । संघका उपसभापति रेशमबहादुर खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव घनश्याम सुवेदीले गरेका थिए । सो अवसरमा स्वास्थ्य मन्त्री पौडेलले अस्पातलको अवलोकन तथा निरीक्षण समेत गरेका थिए ।
