
Srbpu
Lnp
Ggp
Unsku
Rgp
Gis
sbs
Gfs
Rgp
Cps
Sds
Pes
Rgp1
Rmb
cjs
Sgr
Pbu
Djs
pku
काठमाडौं । कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। उनीहरूले गुल्मी धुर्कोट गाउँपालिका घर भई कीर्तिपुर बस्दै आएका २४ वर्षीय विपिन घिमिरेको हत्या गरेको आरोप छ। पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका–९ हनुमानघाटका २२ वर्षीय आशिष महर्जन, बैतडी डिलासैनी गाउँपालिका–३ घर भई हाल कीर्तिपुर ट्याङ्लाफाँट बस्ने २१ […]
काठमाडौं । सरकारले एकैसाथ १२ वटा कर्मचारी ट्रेड युनियनहरु खारेज गरिदिएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले बुधबार सूचना जारी गर्दै ट्रेड युनियनहरु खारेज गरिदिएको हो । दर्ता खारेज भएका ट्रेड युनियनहरूमा नेपाल निजामती कर्मचारी संगठन,नेपाल निजामती कर्मचारी युनियन र नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनलगायत छन् । यी ट्रेड युनियनहरु क्रमशःएमाले,कांग्रेस र साविक माओवादी […]
दाङ । देउखुरीको लमहीमा भूमिहीन किसानहरूले उठिबासविरुद्ध विरोध प्रदर्शन गरेका छन् । भूमि र आवासको अधिकार सुनिश्चित गर्न माग गर्दै आयोजित बृहत् र्याली तथा सभामा उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् । त्यस्तै `उठिबास बन्द गर, भूमि र आवासको अधिकार सुनिश्चित गर´ भन्ने नारासहित निकालिएको र्यालीमा विभिन्न स्थानबाट आएका सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रम भूमिहीन, […]
काठमाडौँ । अहिले नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मधेस,बागमती,गण्डकी,लुम्बिनी र कर्णाली प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू(भागमा साधरणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी र बागमती प्रदेशको […]
दाङ । लुम्बिनी प्रदेश सरकारले आफ्नै नव निर्मित प्रशासनिक भवनबाट औपचारिक रुपमा सोमबारदेखि सेवा सुरु गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सहित १० वटा मन्त्रालय भवन निर्माण सम्पन्न भए सँगै नयाँ भवनबाट काम सुरु भएको छ । प्रदेश राजधानी कार्यान्वयन एकाइका निमित्त प्रमुख इन्जिनियर प्रदीप भट्टराईले दिएको जानकारी अनुसार ३ अर्ब ९ करोड २९ […]
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यार्थीको रुचिअनुसार पठनपाठनलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । सिद्धार्थनगर नगरपालिका–२ रुपन्देही स्थित बहिरा बाल माध्यमिक विद्यालयको स्वर्णजयन्ती समारोहलाई मंगलवार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले शिक्षालाई विद्यार्थीको चाहना, क्षमता र भविष्यसँग जोडेर अघि बढाउन आवश्यक रहेको बताएका हुन् । त्यस्तै,उनले अपाङ्गता भएका व्यक्तिहरुप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको भन्दै फरक […]
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले नेपालका शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत राजनीतिको प्रभावबाट मुक्त गर्ने दृढ संकल्प व्यक्त गरेका छन्। वर्षौँदेखि जकडिएको पार्टीकरण अन्त्य गर्न सरकारले अध्यादेशमार्फत सुधारका नयाँ कदमहरू अघि बढाएको जानकारी उनले सामाजिक सञ्जालमार्फत दिएका छन्। प्रधानमन्त्री शाहले विद्यार्थी र कर्मचारीहरू दलका “स्लिपर सेल” बन्दा राज्य प्रणालीप्रति जनताको विश्वास कमजोर भएको उल्लेख गर्दै […]
काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभववाले दिउँसो देशका पहाडी र हिमाली भूभागमा साधारणता बादल लाग्नेछ, तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङ्गसहित […]
दाङ । आजदेखि देशभरका विद्यालय तथा कलेजहरु नयाँ शैक्षिक सत्रका लागि औपचारिक रुपमा सञ्चालनमा आएका छन् । लामो बिदापछि विद्यार्थीहरु पुनः कक्षामा फर्किएसँगै शैक्षिक वातावरण पुनः सक्रिय बनेको छ । नयाँ सत्र सुरु भएसँगै विद्यालयहरुमा भर्ना अभियान,पाठ्यपुस्तक वितरण तथा स्वागत कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । अभिभावक र विद्यार्थीहरुमा नयाँ शैक्षिक वर्षप्रति उत्साह देखिएको छ भने […]