
rgs
Dbc
Snmbs
Ges
pvg
Pbu
sjnsplk
Mbf
Sdc
Dpm
dpm
snmbs
Amb
Gesld
Snmbs


काठमाडौं । कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
उनीहरूले गुल्मी धुर्कोट गाउँपालिका घर भई कीर्तिपुर बस्दै आएका २४ वर्षीय विपिन घिमिरेको हत्या गरेको आरोप छ।
पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका–९ हनुमानघाटका २२ वर्षीय आशिष महर्जन, बैतडी डिलासैनी गाउँपालिका–३ घर भई हाल कीर्तिपुर ट्याङ्लाफाँट बस्ने २१ वर्षीय रोशन बोहोरा र कैलाली बर्दगोरिया गाउँपालिका–४ घर भई कीर्तिपुर पाँगा दोबाटो बस्ने २३ वर्षीय रबिन धामी रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार कीर्तिपुर नगरपालिका–१० पोडेटोलमा दिउँसो करिब साढे २ बजे घिमिरेमाथि धारिलो हतियार प्रहार गरिएको थियो। गम्भीर घाइते भएका घिमिरेलाई उद्धार गरी कीर्तिपुर अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार साथी–साथीबीच भएको झगडाले उग्र रूप लिँदा घटनाले हत्या रूप लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
