उठिबास रोक्न माग गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यलाई ज्ञापनपत्र

दाङ । भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीका प्रतिनिधिहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष ज्ञापनपत्र बुझाएका छन् । संघर्ष समितिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको ज्ञापनपत्रमा आवास, जीविकोपार्जन र खाद्य सुरक्षालाई नागरिकको मौलिक हक भएको उल्लेख गर्दै विकल्प नदिई गरिब नागरिकलाई उठिबास गर्नु मानवअधिकार विपरीत हुने जनाएको छ । ज्ञापनपत्रमा सरकारले देशका विभिन्न स्थानमा, विशेषगरी […]

मिडियालाई कमजोर पार्ने कुनै पनि गतिविधि स्वीकार्य छैन् : प्रदेश सदस्य गुप्ता

दाङ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ताले प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै यसलाई कमजोर पार्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताएका छन् । उनले पत्रकारहरुलाई जिम्मेवार, तथ्यमा आधारित र सत्यनिष्ठ भएर काम गर्न आग्रह गर्दै राज्यले पनि पत्रकारहरूको सुरक्षाको प्रत्याभूति गर्नुपर्ने बताए । “स्वतन्त्र प्रेस बिना लोकतन्त्र सुदृढ हुन सक्दैन,” […]

सरकारद्वारा नदी किनारका विस्थापितलाई सम्पर्कमा आउन आग्रह

काठमाडौँ । सहरी विकास मन्त्रालयले नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरणका क्रममा छुटेका र समस्यामा परेका नागरिकलाई तत्काल सम्पर्कमा आउन आह्वान गरेको छ । मन्त्रालयले शनिबार एक प्रेस नोट जारी गर्दै सहायता आवश्यक भएका र हाल सडकमा अलमलमा परेका नागरिकलाई काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा स्थापना गरिएको प्राथमिक दर्ता केन्द्रमा उपस्थित हुन अनुरोध गरेको हो । […]

आज विश्व प्रेस स्वतन्त्रता दिवस,विभिन्न कार्यक्रम गरि मनाइदै

काठमाडौं । आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा हरेक वर्ष मे ३ तारिखलाई विश्वभर प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने गरिन्छ । सन् १९९३ मा युनेस्कोको आयोजनामा अफ्रिकी देश नामिबियाको विन्डहक शहरमा भएको वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापक र स्वतन्त्रताका […]

अविरल वर्षाका कारण पहिरो जाँदा कोशी र अरनिको राजमार्ग पूर्ण ठप्प

काठमाडौँ । हालैको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो जाँदा यातायात सेवा प्रभावित भएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार आज बिहान ८:०० बजेसम्म कोशी,बागमती र गण्डकी प्रदेशका केही खण्डहरूमा सडक पूर्ण तथा आंशिक रुपमा अवरुद्ध भएका छन् । कोशी प्रदेशको संखुवासभामा कोशी राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ […]

आज मधेस,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा चट्याङ सहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव अझै कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो मधेस प्रदेशलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागको थोरै स्थानमा मेघगर्जन र चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा तथा हिमपातको […]

रुपन्देहीका भूमिहीन,सुकुमबासीद्वारा आन्दोलन घोषणा

रुपन्देही । सरकारले सार्वजनिक जग्गा खाली गराउने अभियान तीव्र बनाउन थालेपछि रुपन्देहीका भूमिहीन,सुकुमबासी तथा अव्यवस्थित बसोवासी सङ्गठित भएका छन् । सुकुमबासी बस्ती खाली गराउन थालेको सरकारले देशभरका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी सार्वजनिक जग्गा संरक्षण गर्न निर्देशन दिएपछि उनीहरुले सङ्घर्ष समिति गठन रुपन्देहीमा गरेका छन् । आज बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी खड्क बहादुर पौडेलको […]

राप्तीमा मजदुर दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर,१ सय ३८ जनाले लिए सेवा

दाङ । “१३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस” को अवसरमा दाङको राप्ती गाउँपालिकामा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । गाउँपालिकाको आयोजनामा वडा नम्बर ५ कालापानीस्थित राप्ती आधारभूत अस्पतालमा सञ्चालन गरिएको उक्त शिविरबाट १ सय ३८ जना सेवाग्राहीले स्वास्थ्य परीक्षण, उपचार तथा परामर्श सेवा लिएका छन् । शिविरमा आँखा,नाक,कान तथा घाँटी सम्बन्धी परीक्षण,श्रवण शक्ति परीक्षण,रगत […]

राष्ट्रपतिले फेरि गरे अर्को अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेले फेरि अर्को अध्यादेश जारी गरेका छन् । शुक्रबार आज राष्ट्रपति पौडेलले सम्पत्ति शुद्धीकरण(मनी लाउण्डरिङ्ग) निवारण तेस्राे संशाेधन अध्यादेश,२०८३ जारी गरेका हुन् । राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज सो अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। त्यस्तै यसअघि राष्ट्रपतिले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]