नेपालको संविधान २०७२ को धारा ३५ मा मौलिक हकको रुपमा खानेपानी सुविधा उपलव्ध गराउने भनिएको छ । सरकारले खानेपानीलाई मौलिक हककै रुपमा संविधानमा राखे पनि व्यवहारमा अझै करिव १५ प्रतिशत प्यूठानवासीहरु खानेपानीको सहज पहुँचबाट टाढा छन् । त्यसो त शुद्ध पानीको पहुँचबाट त्यो भन्दा धेरै प्यूठानवासी बञ्चित छन् । मानव जीवनको पानीको महत्व ज्यादै छ […]