
Gipsg
Sebsg
Gipsg
Unsku
Gst
Pbu
Gmssl
gst
Gsg

Rgu
Rsb
Rgs
Wsp
Bbu
Ksm
Rgu
Tsm
Ggd
Gst
Sbs
Asm
Hal
Bbbpu
Ssm
Vor
Sls
Pvg
nsb

Rmb
Rpp
Syp
Bml
bbt
Jmb
Mks
Ptm
Pls
Abd
Jmb
sab
Gsb
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गणतन्त्रको रक्षा,सुदृढीकरण र संस्थागत विकासका लागि सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् ।
१९ औँ गणतन्त्र दिवसको अवसरमा शुक्रबार एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले गणतन्त्र नेपाली जनताको लामो संघर्ष, त्याग, बलिदान र जनआन्दोलनको उपलब्धि भएकाले यसको संरक्षण र प्रभावकारी कार्यान्वयन आजको प्रमुख आवश्यकता भएको उल्लेख गरेका हुन् । उनले गणतन्त्रले नेपाली जनतालाई सार्वभौम अधिकार सम्पन्न बनाएको उल्लेख गर्दै समावेशी, समानुपातिक, न्यायपूर्ण र उत्तरदायी शासन व्यवस्थाको आधार तयार भएको बताए ।
मुख्यमन्त्री आचार्यले लोकतन्त्र, गणतन्त्र र नागरिक अधिकार स्थापनाका लागि जीवन उत्सर्ग गर्ने सम्पूर्ण वीर सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे । साथै परिवर्तनका लागि संघर्ष गर्ने राजनीतिक दल,नागरिक समाज,पत्रकार, बुद्धिजीवी,युवा,महिला तथा आन्दोलनमा सहभागी सम्पूर्ण नागरिकप्रति सम्मान प्रकट गरे । उनले गणतन्त्रले अधिकारसँगै जिम्मेवारी पनि दिएको उल्लेख गर्दै संघीय शासन प्रणालीलाई थप प्रभावकारी बनाउन प्रदेश सरकारहरूको भूमिका सशक्त बनाउदै लगिएको बताए ।
संविधानको भावना अनुरूप लुम्बिनी प्रदेश सरकारले सुशासन, सेवा प्रवाह सुधार र जनउत्तरदायी शासनलाई केन्द्रमा राखेर काम गरिरहेको उनको भनाइ छ । मुख्यमन्त्री आचार्यले युवालाई स्वरोजगार र उद्यमशीलतातर्फ आकर्षित गर्ने, कृषिको आधुनिकीकरण, पर्यटन प्रवद्र्धन, पूर्वाधार विकास, शिक्षाको गुणस्तर सुधार तथा स्वास्थ्य सेवाको पहुँच विस्तारलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए । उनले उत्पादन वृद्धि, रोजगारी सिर्जना, न्यायोचित वितरण र पारदर्शी शासन प्रणालीमार्फत मात्रै गणतन्त्रको उद्देश्य पूर्ण रूपमा साकार हुने भएकाले प्रदेश सरकारले यि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरे ।
गणतन्त्र दिवस विगतका संघर्षको स्मरण मात्र नभई समृद्ध भविष्य निर्माणप्रतिको प्रतिबद्धता व्यक्त गर्ने अवसर भएको उनको भनाइ छ । मुख्यमन्त्री आचार्यले न्याय, समानता, समावेशिता र समृद्धिको मार्गमा एकताबद्ध भएर अघि बढ्न सबैलाई आह्वान गर्दै गणतन्त्रको उपलब्धिलाई जनजीवनसँग जोड्नुपर्नेमा जोड दिएका छन् ।
