Sidha Patra शुक्रबार, मंसिर १७, २०७८

काठमाडौं । दक्षिण अफ्रिकाका वैज्ञानिकले गरेको प्रारम्भिक अध्ययनले डेल्टा वा बिटा भेरियन्टको तुलनामा ओमिक्रोनबाट पुन: संक्रमित हुने सम्भावना झण्डै तीन गुणा रहेको देखाएको छ ।

अध्ययनअनुसार यसअघिका ३ वटा कोभिड लहरमा संक्रमित भएका मानिसहरू पछिल्लो समय पुन: संक्रमित भएका छन् । नयाँ संक्रमितमध्ये अधिकांशलाई यसअघि डेल्टा भेरियन्टले संक्रमण गरेको थियो ।

दक्षिण अफ्रिकामा संकलित तथ्याङ्कका आधारमा गरिएको अध्ययनको निष्कर्षले ओमिक्रोनसँग यसअघिको संक्रमणपछि प्राप्त रोग प्रतिरोधी क्षमता छल्न सक्ने क्षमता रहेको देखाउँछ ।

‘यसअघिका तीन वटा लहरमा पहिलो पटक संक्रमण पुष्टि भएका र त्यसमा पनि डेल्टाका कारण सुरु भएको लहरमा संक्रमित भएका मानिसमा हालै पुन: संक्रमण देखिएको छ’ दक्षिण अफ्रिकाको सेन्टर फर एक्सेलेन्स इन इपिडिमियोलोजिकल मोडेलिङ एण्ड एलालिसिसकी निर्देशक जुलियट पुलियामले ट्विट गर्दै भनिन् ।

पुन: संक्रमित भएका मानिसले खोप लगाएको वा नलगाएकोबारे जानकारी नभएका कारण खोपबाट प्राप्त हुने रोग प्रतिरोधी क्षमतालाई ओमिक्रोनले छल्ने सक्ने वा नसक्ने भनेर निष्कर्ष निकाल्न नसकिएको पनि पुलियमको भनाइ थियो । अनुसन्धानकर्ताले यससम्बन्धी अध्ययन गर्ने तयारी गरेका छन् ।

ओमिक्रोन संक्रमणसँग जोडिएको स्वास्थ्य जोखिम र यसअघि संक्रमित भएका मानिसबारे तत्काल तथ्याङ्क चाहिएको पनि उनले बताइन् । ओमिक्रोन भेरियन्टसम्बन्धी प्रारम्भिक अध्ययनको स्वतन्त्र विश्लेषण हुन भने बाँकी छ । साउथह्याम्टन विश्वविद्यालयका वैज्ञानिक माइकल हेडले दक्षिण अफ्रिकी वैज्ञानिकको अनुसन्धानलाई ‘उच्च गुणस्तर’को भन्दै प्रशंसा गरेका छन् ।

‘यसअघिको संक्रमणबाट प्राप्त रोग प्रतिरोधी क्षमतालाई सजिलै छल्न सक्ने यो विश्लेषण निकै चिन्ताजनक छ’, हेडले एक विज्ञप्तिमार्फत् भने ।अनलाइनखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]