
mbd
Rbs
Gmk
Sds
Gisld
Anm
Pbu
Ksm
gst
Mbdvs

Ksm
Sbs
Wsp
Rgs
Bbu
Sls
Bbbpu
Ssm
Vor
nsb
Hal
Asm
Gst
Pvg
Rsb
Tsm
Rgu
Rgu
Ggd

Jmb
Abd
Jmb
Bml
Pls
Syp
sab
Mks
Rpp
Ptm
bbt
Gsb
Rmb
बाँके । कोरोना संक्रमणबाट बाँकेमा एक जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ । बैजनाथ गाउँपालिका स्थित टिटिहिरिया स्वास्थ्य चौकीकी सिनियर अनमी (छैठौं तह) रमा भारतीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो । भेरी अस्पताल,नेपालगञ्जमा उपचारका क्रममा शुक्रबार बिहान ८ बजे ४२ वर्षीया भारतीको निधन भएको अस्पतालले जानकारी दिएको छ ।
भारती जिल्ला जनस्वास्थ्य कार्यालय, बर्दियाका प्रमुख गोकर्ण गिरिको पत्नीसमेत हुनु हुन्छ । गिरिलाई भने संक्रमण देखिएको छैन । बर्दियाका कोभिड-१९ फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भारतीमा अन्य कुनै स्वास्थ्य समस्या थिएन ।भारतीको एक छोरा र एक छोरी रहेका छन् ।
यसैबीच,भारतीको निधनमा बैजनाथ गाउँपालिकाले शुक्रबार पालिकासहित अन्तरगतको वडा कार्यालय र स्वास्थ्य संस्थाको सेवा प्रवाह एक दिनका लागि बन्द गरेको छ । अधिकृत डोटी नेपालीले विज्ञप्ति जारी गर्दै एक दिनका लागि सेवा बन्द गरिएको जानकारी दिनु भयो । गाउँपालिका अध्यक्ष मानबहादुर रुचाल ठकुरीले पनि विज्ञप्ति जारी गर्दै मृतक राष्ट्र सेवक कर्मचारीप्रति श्रद्धाञ्जलि व्यक्त गर्नु भएको छ ।
