Sidha Patra शुक्रबार, माघ १६, २०७७

बाँके । कोरोना संक्रमणबाट बाँकेमा एक जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ । बैजनाथ गाउँपालिका स्थित टिटिहिरिया स्वास्थ्य चौकीकी सिनियर अनमी (छैठौं तह) रमा भारतीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो । भेरी अस्पताल,नेपालगञ्जमा उपचारका क्रममा शुक्रबार बिहान ८ बजे ४२ वर्षीया भारतीको निधन भएको अस्पतालले जानकारी दिएको छ ।

भारती जिल्ला जनस्वास्थ्य कार्यालय, बर्दियाका प्रमुख गोकर्ण गिरिको पत्नीसमेत हुनु हुन्छ । गिरिलाई भने संक्रमण देखिएको छैन । बर्दियाका कोभिड-१९ फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भारतीमा अन्य कुनै स्वास्थ्य समस्या थिएन ।भारतीको एक छोरा र एक छोरी रहेका छन् ।

यसैबीच,भारतीको निधनमा बैजनाथ गाउँपालिकाले शुक्रबार पालिकासहित अन्तरगतको वडा कार्यालय र स्वास्थ्य संस्थाको सेवा प्रवाह एक दिनका लागि बन्द गरेको छ । अधिकृत डोटी नेपालीले विज्ञप्ति जारी गर्दै एक दिनका लागि सेवा बन्द गरिएको जानकारी दिनु भयो । गाउँपालिका अध्यक्ष मानबहादुर रुचाल ठकुरीले पनि विज्ञप्ति जारी गर्दै मृतक राष्ट्र सेवक कर्मचारीप्रति श्रद्धाञ्जलि व्यक्त गर्नु भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]