
Ggp
Rgp
Rgp
lnp
Pbu
Sgp
Usb
Rgp
Lks
Asb
Jns
Dus
Rgp
Dbs
Ggp
Lnp
ksb
दाङ । शिक्षा विकास तथा समन्वय इकाइ दाङको आयोजनामा देउखुरीमा रहेको चार स्थानीय तहमा रहेका प्रअहरुसंग सोमबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।लमही नगरपालिका,राप्ती गाउँपालिका,गढवा र राजपुरको समन्वयमा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सामुदायिक तथा संस्थागत विद्यालयका माध्यामिक तहका प्रधानाध्यापकहरु एवम् आधारभूत तह ( ६-८ ) संचालित सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसंगको १ दिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको […]
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवल उपमहानगरपालिका वडा नम्बर –१० मा रहेको देशकै उत्कृष्ट कालिका मानवज्ञान माध्यमिक विद्यालयको ६४ औं बार्षिकोत्सव एवम् अभिभावक दिवस उद्घाटन गरेका छन् । विद्यालयले आइतबार आयोजना गरेको बार्षिकोत्सव तथा अभिभावक दिवस मुल समारोहको मुख्यमन्त्री आचार्यले उद्घाटन गरेका हुन् । सो अवसरमा मुख्यमन्त्री आचार्यले कालिका विद्यालयले हाँसिल गरेका शैक्षिक […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाको एक सामुदायिक विद्यालयका नवनियुक्त अध्यक्षले २८ दिनमै विद्यालयको मुहार फेरिदिएका छन् । राप्ती गाउँपालिका वडा नम्बर ६ भगवानपुरमा रहेको हंशेश्वर आधारभूत विद्यालयका अध्यक्ष सम्सद अलि खानले आफू वि.व्य. स अध्यक्ष भएको २८ दिनको अवधिमा विद्यालयको भाैतिक निर्माणमा परिवर्तन ल्याएका छन् । अध्यक्ष खानले आफ्नै लगानीमा २८ हजार बराबरको पिङ निर्माण […]
काठमाडौं । यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात् एसइईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ (एनजी) आएको विषयको मात्रै परीक्षा दिन पाउने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले उक्त व्यवस्था लागु गर्न लागेको हो । यसै वर्षदेखि लागू हुने गर्न लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गरी यस वर्षदेखि जुन विषयमा एनजी आएको हो […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको जग्गा हिनामिना गर्नेलाई कारवाही गर्ने प्रतिबद्धता जनाएका छन् । त्यस्तै त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पति खोजबिन आयोगले प्रतिवेदन बुझेपछि तथ्यका आधारमा कारवाही प्रक्रिया अघि बढ्ने बताए । ‘एउटा संयोग २०७६ सालमा ललिता निवासको जग्गा खोजबिन गर्न मन्त्रिपरिषदबाट शारदाप्रसाद त्रितालको नेतृत्वमा आयोग गठन गरेका थियौं। ललिता निवासको जग्गा […]
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशको शैक्षिक गुणस्तर र नतिजा सुधारकालागि निर्मम समिक्षा गर्न आवश्यक रहेको बताएका छन् । जनजागृति माध्यमिक विद्यालय तिलोत्तममा नगरपालिका–२ योगिकुट्टीको ५२ औं बार्षिकोत्सव तथा अभिभावक दिवस उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले सामुदायिक विद्यालयको नतिजा र गुणस्तर सुधार गर्न निर्मम समिक्षा गर्नुपर्ने बताएका हुन् । नतिजा खस्कनुकोपछाडीको […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शैक्षिक गुणस्तरमा सुधार ल्याउने उद्देश्यले सामुदायिक विद्यालयहरूको नियमित अनुगमन सुरु गरेका छन् । यसै क्रममा सोमबार वडा नम्बर ८ पिपरीस्थित शंकर माध्यमिक विद्यालयको अनुगमन गर्दै अध्यक्ष विष्टले विद्यालयको शैक्षिक अवस्था, भौतिक पूर्वाधार र आर्थिक पारदर्शिता जस्ता विषयमा जानकारी लिएका छन् । विद्यालय निरीक्षणपछि अध्यक्ष विष्टले शिक्षक,विद्यार्थी र […]
दाङ । बुटवल उपमहानगरपालिका वडा नम्बर ९ कालिका नगर निवासी सुनचाँदी व्यवसायी इमान सिंह मल्लले लमही नगरपालिका वडा नम्बर ९ मा रहेको प्राथमिक विद्यालय भ्युसनपुरमा अध्ययनरत गरिब तथा विपन्न बर्गका बालबालिकालाई न्यानो कपडा प्रदान गर्नु भएको छ । व्यवसायी मल्लले आफ्नो धर्मपत्नी गंगा विश्वकर्मा, प्रेम सुनार र धन प्रकाश श्रेष्ठ सहित सो विद्यालयमा पुगेर विद्यालयका […]
कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर –२ पिपरामा अवस्थित कपिलवस्तु प्राविधिक प्रतिष्ठानले २०८१ सालको नतिजामा लुम्बिनी प्रदेशमा प्रथम र नेपाल अधिराज्यमा द्वितीय स्थान हासिल गरेको प्रतिष्ठित शैक्षिक संस्था हो । वि.सं. २०५४ सालमा स्थापित यस प्रतिष्ठानले स्वास्थ्य क्षेत्रका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । हाल प्रतिष्ठानमा एचए, ल्याब टेक्निसियन,फिजियो थेरापी र अमिन जस्ता […]