दिपक वली/घोराही शनिबार, चैत्र ०९, २०८१

दाङ । गुरुकुल एकेडेमी घोराहीले विद्यालयको विभिन्न तहमा जिम्मेवारी बाँडफाड गरेको छ। विद्यालयको सहायक प्रधानाध्यापकको रूपमा महेन्द्र पौडेललाई नियुक्त गरेको छ ।

विद्यालय संयोजकको जिम्मेवारी भुवन आचार्यलाई सुम्पिएको छ,जसले विद्यालयको समग्र व्यवस्थापन र कार्यक्रमहरूलाई समन्वय गर्ने छन् । आधारभूत तहमा पनि केही महत्वपूर्ण जिम्मेवारीहरू बाँडिएका छन् ।

आशा कुमारी चौधरीलाई आधारभूत तह संयोजकको जिम्मेवारी दिइएको छ । उनले विद्यालयको आधारभूत तहका कार्यक्रमहरूको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी दिइएको छ । त्यस्तै, आधारभूत तह कक्षा १ र २ को संयोजकको रूपमा रेशु राउतलाई जिम्मेवारी दिइएको छ । रेशु राउतले कक्षा १ र २ का विद्यार्थीहरूको शिक्षण प्रक्रिया र प्रशासनको समन्वय गर्ने छन् ।

यस निर्णयले विद्यालयको प्रशासनिक कार्यलाई थप सहज र प्रभावकारी बनाउन मद्दत पुर्याउने विश्वास रहेको विद्यालयका अध्यक्ष ई. अनन्तराज घिमिरेले बताए । यसका साथै,विद्यार्थीहरूको शैक्षिक प्रगति र समग्र विद्यालय वातावरणमा सुधार आउने अपेक्षा गरिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]