दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर–२, लालमटियामा रहेको ऐरावती आदर्श बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन २०८१ को प्रत्यक्ष तर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
मत परिणाम अनुसार नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा निकट गठबन्धन (अखिल क्रान्तिकारी र अखिल छैठौं ) बाट अध्यक्ष पदका उम्मेदवार विनोद कुमार सोनी २१४ मत प्राप्त गरी विजयी भएका छन् ।
जसको सचिवमा दिपक शर्मा १९३,कोषाध्यक्ष – मन्दिप पोख्रेल १८९ ,सदस्यहरु अनिल चौधरी १८३,मणिप्रसाद पौडेल १८८,भुपिन्द्र परियार १८६, सौरभ पोख्रेल १८८,रविना कँवुर १८३ मत प्राप्त गरी विजयी भएका हुन् ।
त्यस्तै अन्य प्रतिस्पर्धी उम्मेदवारहरुको प्रदर्शनमा
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)
को तर्फबाट अध्यक्ष पदमा प्रकाश पुन–१५८, सचिव भुवन भट्टराई–१६५,कोषाध्यक्ष निसम पोख्रेलले –१३४ मत प्राप्त गरेका थिए । यस्तै सदस्यहरुमा, सुनसरी चौधरी १५४,तारा कुमारी पुन १५४, भोजराज पोख्रेल १५६,लक्ष्मण चौधरी १५५, सुवासना मल्लले १५९ मत प्राप्त गरी पराजित भएका छन् ।
यसैगरी नेकपा एमाले निकट अनेरास्ववियुको तर्फबाट अध्यक्ष पदका उम्मेदवार अनिल सुनारले – १०८,सचिव प्रकाश जेठारा–११५,कोषाध्यक्ष निमराज गौतमले –१५२ प्राप्त गरेका थिए । त्यस्तै सदस्यहरु – शिवराम कंडेल १४६,बबी कुमारी चौधरी १३०,मनिषा खड्का १३६,सविन शर्मा ११६, जालुमाया सुनारले ११३ मत प्राप्त गरेर पराजित भएका छन् ।
क्याम्पसको कुल ७२५ मतदाता मध्ये ४८५ मत मात्र खसेको थियो । विद्यार्थी राजनीतिमा सक्रिय विभिन्न दलनिकट संगठनहरुले प्रतिस्पर्धा गरेको उक्त निर्वाचनमा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा गठबन्धनका उम्मेदवारहरुले स्पष्ट बहुमत हासिल गर्दै जित दर्ता गरेका छन् ।