
Rgp
Msbus
Asbus
Ksbus
Sdc
Lnp
Ksbus
Ggp
Ggp
दाङ । गत भदौ १० गते भोटेकोशीमा आएको अविरल वर्षासँगै लेदो र बाढीको एक्कासी लेदो सहितको भेल उर्लिँदा हाइड्रोपावरको टनेलभित्र काम गरिरहेका ३१ जना कामदारको जीवन संकटमा पर्यो । बाँके,बर्दिया,कैलाली र कञ्चनपुरबाट रोजगारीका लागि भोटेकोशी पुगेका उनिहरु बाढी र पहिरोका कारण टनेलभित्रै थुनिए । एक्कासी आएको विपत्तिले टनेलभित्र रहेका कामदारहरुमा त्रास फैलियो । केही कामदारहरु […]
दाङ । पुस्तक पढ्ने बानी कमजोर हुँदै जाँदा ज्ञान आर्जन गर्ने,विषयवस्तुको विश्लेषण गर्ने र समाजलाई गहिराइमा बुझ्ने संस्कृति ओझेलमा पर्न थालेको भन्दै देउखुरीमा पठन संस्कृतिको पुनर्जागरण आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका हुन् । प्रविधि,सामाजिक सञ्जाल र कृत्रिम बौद्धिकता (एआई) को तीव्र विकासले सूचना प्राप्त गर्ने माध्यम सहज बनाए पनि त्यसले पुस्तक पढ्ने बानीको विकल्प बन्न […]
दाङ । मानिसको सफलताको मापन उसले कति धन सम्पत्ति कमायो भन्ने आधारमा मात्र हुँदैन । आफ्नो सीप, मेहनत र समर्पणबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने व्यक्ति नै वास्तविक अर्थमा सफल हुन्छ । यस्तै प्रेरणादायी व्यक्तित्व हुन् दाङको घोराही निवासी ३१ वर्षीय सुशील कुमार गुप्ता, जसले आफ्नो जीवन संगीतलाई समर्पित गर्दै हजारौं बालबालिका र युवाको भविष्य […]
दाङ । यात्रा कथा संग्रह प्रकाशनको १२ बर्षपछि साहित्यकार राधा गौतमले अभ्युदय नामक उपन्यास संग्रह बजारमा ल्याएका छन् । देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चका पूर्व उपाध्यक्ष तथा लेखक साहित्यकार गौतमले आफ्नो दोश्रो कृतिको रुपमा अभ्युदय उपन्यासको हालै एक समारोहका विच बिमोचन गर्न सफल भएका छन् । शिक्षण पेशासामा संल्ग्न गौतमले नेपाली नारीहरु प्रति गरिने सामाजिक […]
दाङ । देउखुरीको लमहीमा ‘सुर संगीत पाठशाला’सञ्चालनमा ल्याइएको छ । लमही नगरपालिका-५ मा बालबालिका तथा नवयुवाहरुमा गीत-संगीत र कला संस्कृतिको हस्तान्तरण गर्ने उद्देश्यले सोमबार पाठशाला सञ्चालन गरिएको हो । गायक तथा सर्जक सचेत विरही भण्डारी,एम.वि. समर्पण र ओमप्रकाश भण्डारीले संयुक्त रुपमा पाठशाला सञ्चालनमा ल्याएका हुन् । ‘गीत- संगीतमा हामी पहिलेदेखि नै लागिरहेका छौँ । आफूले […]
दाङ । स्वतन्त्र साहित्य पुञ्ज नेपाल र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको संयुक्त आयोजनामा आइतबार लमहीमा रचना वाचन तथा नव वर्ष २०८३ को पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । साहित्यकार गंगानाथ कोइरालाको प्रमुख आतिथ्यतामा सुरु भएको उक्त कार्यक्रमको अध्यक्षता स्वतन्त्र साहित्य पुञ्ज नेपालको अध्यक्ष भावना न्यौपानेले गरेकी थिइन् । चारु साहित्य प्रतिष्ठान […]
काठमाडौँ – नेपाली नयाँ वर्ष २०८३ को अवसरमा सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा आज ‘ठमेल सडक महोत्सव’ आयोजना हुने भएको छ। ठमेल पर्यटन विकास परिषद्को आयोजनामा काठमाडौँ महानगरपालिका–२६ त्रिदेवीमार्गमा महोत्सव हुन लागेको हो। परिषद्का उपाध्यक्ष सहदेव धमला (विमल) का अनुसार नेपाली नयाँ वर्षलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। उनका अनुसार महोत्सवमा विभिन्न […]
दाङ । राप्ती साहित्य परिषद दाङ शाखाको १८औँ वार्षिकोत्सवका अवसरमा चार जना स्रष्टा पुरस्कृत भएका छन् । राप्ती साहित्य परिषद दाङ शाखाको शनिवार घोराहीमा भएको १८ औं बार्षिकोत्सव, स्रष्टा सम्मान,स्रष्टा पुरस्कृत तथा काव्य वाचन समारोहमा चार जना स्रष्टा पुरस्कृत भएका हुन् । राप्ती साहित्य परिषद जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा भाषा आयोगका […]
काठमाडौँ । नेपाली तथा भारतीय चलचित्र क्षेत्रका दिग्गज कलाकार सुनील थापाको आज बिहान निधन भएको छ। मुटुमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको हृदयाघातका कारण मृत्यु भएको हो । कलाकार संघका अध्यक्ष मोहन निरौलाले उनको निधनको पुष्टि गरेका छन् । शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आउनुभएका थापा लामो समयदेखि कला क्षेत्रमा सक्रिय थिए। त्यस्तै नेपाली […]