
Ggp
Ggp
Rgp
Ksbus
Msbus
Asbus
Ksbus
Sdc
Lnp

दाङ । देउखुरीको लमहीमा ‘सुर संगीत पाठशाला’सञ्चालनमा ल्याइएको छ । लमही नगरपालिका-५ मा बालबालिका तथा नवयुवाहरुमा गीत-संगीत र कला संस्कृतिको हस्तान्तरण गर्ने उद्देश्यले सोमबार पाठशाला सञ्चालन गरिएको हो ।
गायक तथा सर्जक सचेत विरही भण्डारी,एम.वि. समर्पण र ओमप्रकाश भण्डारीले संयुक्त रुपमा पाठशाला सञ्चालनमा ल्याएका हुन् । ‘गीत- संगीतमा हामी पहिलेदेखि नै लागिरहेका छौँ । आफूले जानेको कुरा अरुलाई सिकाउनुपर्छ भन्ने उद्देश्य राखेका हौँ,’उनले भने,’गायन तथा वाद्यवादनको क्षेत्रमा युवा पुस्तामा सीप हस्तान्तरण गर्न खोजेका हौँ ।’
त्यस्तै अर्का सञ्चालक एम.वि. समर्पणले कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले पाठशाला सञ्चालन गरिएको बताए । ‘यो सिक्ने र सिकाउने अभियान हो,’उनले भने,’यस अभियानलाई निरन्तरता दिन चाहन्छौँ ।’
सर्जक वेदुलाल सुवेदीले संगीत सामाजिक, सांस्कृतिक र मानसिक रुपमा महत्वपूर्ण आवश्यकता बन्दै गएको बताए । उनले संगीतको धुन सुनेर मात्र आनन्द लिने होइन, त्यसलाई महसुस गर्नु अझ महत्त्वपूर्ण हुने बताए ।
यस्तै अर्का गायक ज्ञानेन्द्र स्वर्णकारले संगीतले मानिसलाई अनुशासित बनाउने बताए । उनले संगीत सिक्ने र सिकाउने अभियानहरु निरन्तर चलिरहनुपर्नेमा जोड दिए ।
