
Gesld
sjnsplk
Pbu
Dbc
Snmbs
pvg
Sdc
Amb
Snmbs
Dpm
Mbf
snmbs
dpm
Ges
rgs


दाङ । स्वतन्त्र साहित्य पुञ्ज नेपाल र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको संयुक्त आयोजनामा आइतबार लमहीमा रचना वाचन तथा नव वर्ष २०८३ को पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
साहित्यकार गंगानाथ कोइरालाको प्रमुख आतिथ्यतामा सुरु भएको उक्त कार्यक्रमको अध्यक्षता स्वतन्त्र साहित्य पुञ्ज नेपालको अध्यक्ष भावना न्यौपानेले गरेकी थिइन् । चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशका अध्यक्ष तेजप्रसाद खनालको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा साहित्यकार तथा कलाकार नारायण योगी,साहित्यकार भावना न्यौपाने,बालमुकुन्द आचार्य,बगार बाबा प्राबिधिक शिक्षालयका सञ्चालक किरण चौधरी,दिलिप कुमार यादव,झरना पुन लगायत थुप्रै साहित्यकार तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा भावना न्यौपाने,तेजप्रसाद खनाल, सक्सेस खनाल लगायतले रचना वाचन गरेका थिए । कार्यक्रमको सञ्चालन छविलाल कोपिलाले गरेका थिए । कार्यक्रममा निक्कै भव्य र सभ्य रुपमा सम्पन्न भएको थियो ।
